×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विश्वकप–२०१८ ः ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै,कसले जित्ला ‘गोल्डेन बुट’

२० असार २०७५

काठमाडौँ, असार २०

रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ ।रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।

Advertisement
Advertisement

प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् । अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित हुँदै घर फर्कन बाध्य भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वाटर फाइलनमा फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ । त्यसैगरी स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वाटर फाइलनबाट घर फर्किए ।

प्रतियोगितामा पाँच पटकको विजेता ब्राजिल र एक पटकको विजेता फ्रान्सको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ । प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमम मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक देखियो ।

प्रतियोगितामा स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै राइटब्याक मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका पाउल पोग्बा, जापानका ताकासी इनुई, फ्रान्सका कलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरको प्रदर्शन सबैका लागि आकर्षक रह्यो ।

चर्चा ‘गोल्डेन बुट’को 

विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने आठ टोलीको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । विश्वकपको उपाधि कसले जित्ने भन्ने चासो जति छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ । गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले छ गोल गरिसकेका छन् । छ गोल गरेका केनले तीन गोल भने पेनाल्टीमार्फत गरेका हुन् ।

गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पच्छ्याइरहेका छन् । उनको गोल संख्या चार छ । समूह चरणको पहिलो खेलमा स्पनेविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि चार गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’मा उनको कुनै चुनौती छैन ।

त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन । यही असार २२ गतेदेखि क्वाटर फाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा शुक्रबार साँझ ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ, त्यही दिन राति ११ः४५ बजे पाँच पटकको विजेता रहेका ब्राजिलले बेल्जियमसँग खेल्नेछ ।

त्यसैगरी शनिबार साँझ ७ः४५ बजे स्वीडेन र इङ्ल्याण्डबीच प्रतिपर्धा हुनेछ । क्वाटर फाइनलको अन्तिम खेलमा आयोजक रसियाले क्रोएसियाको सामना गर्नेछ । क्वाटर फाइनल पुग्ने आठ टोलीमध्ये चारवटा विश्व विजेता बनिसकेका टोली हुन् भने चारवटाले प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।

ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो । उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५०, फ्रान्स सन् १९९८ र इङ्ल्याण्ड सन् १९६६ को विजेता हुन् । त्यसैगरी क्वाटर फाइनलमा पुगेका बेल्जियम, क्रोएसिया, स्वीडेन र रसियामध्ये अहिलेसम्म स्वीडेन १९५८ मा ब्राजिलसँग फाइनमा पराजित भएको हो । आयोजक रसिया पहिलो पटक क्वाटर फाइनल पुगेको हो । बेल्जिम सेमिफाइनसम्म पुगेको टोली हो ।

प्रतियोगितामा नव प्रवेशी पानामा र आइसल्याण्डले खासै प्रदर्शन गर्न सकेनन् । आइसल्याण्डले पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भए पनि पछिल्ला दुई खेल क्रमशः नाइजेरिया र क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । पानामाले बेल्जियम, इङ्ल्याण्ड र ट्युनिसियासँग पराजित हुँदै घर फर्कियो ।

विश्वकप २०१८ मा चम्किएका खेलाडी 
१.नेयमार जुनिय फरवार्ड, ब्राजिल 
नेयमारको खेलको भन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर जर्मनी क्लब पिएसजीका यी फरवार्डले मेक्सिकोसँग उत्कृष्ट खेले । लियोनल मेस्सी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वाटरफाइनलमा प¥याए । उनले गरेको एक गोल र पासको मद्दतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो ।

भिक्टर लिन्डेलोफ, स्वीडेन 
स्वीडेनका भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको पार्टनरसीपमा उत्कृष्ट खेल खेल्दै स्विडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्विडेनले गएराति स्विजरल्याण्डलाई एक गोलले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । उरुग्वेको लागि बलियो खम्बाका रुपमा प्रस्तुत हुँदै आएका डियगो गोडिन सेन्टरब्याक पोजिसनबाट खेल्दै आएका छन् । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए । खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोल मात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो ।

डियगो लाक्साल्ट लेफ्ट ब्याक, उरुग्वे 
उरुग्वेका लेफ्ट ब्याक डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र सुआरेजलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।

पाउल पोग्बा सेन्ट्रल मिडफिल्डर, फ्रान्स 
फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा पोग्बा फ्रान्सको खेलको मुटुको रुपमा प्रस्तुत भएका थिए, तर उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणका लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रिजम्यान र जिराउडलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।

इगोर अकिनफेभ (गोलकिप्पर), रुस 
प्रि क्वारटफाइनलमा स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वाटरफाइनलमा पु¥याउन भूमिका खेले ।

मारियो फर्नान्डेज, रुस 
राइटब्याक मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको लेफ्ट विङ्गको चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो ।

ताकासी इनुई सेन्ट्रल मिडफिल्डर, जापान 
जापान अन्तिम १६ बाटै बाहिरिए पनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए । जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो । खेल अवधीभर उनको मिडफिल्ड मुभमेन्ट पास र ड्रिबलिङ उत्कृष्ट थियो । तर जापान प्रिक्वारट फाइनलबाटै बेल्जियमसँग पराजित भएको छ ।

किलियन एमबाप्पे फरवार्ड, फ्रान्स 
फ्रान्सका १९ वर्षीय फरवार्ड किलिएन एमबाप्पे अर्जेन्टिनाविरुद्धको प्रिक्वारट फाइलन खेलका स्टार हुन् । उत्कृष्ट पेस र फिनिसको माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गरेका उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारको रुपमा चिनाए । उनले उक्त प्रतियोगितामा दुई गोल गरेका थिए । जुन ब्राजिलका महान खेलाडी पेलेको बराबरी हो ।

एडिन्सन काभानी फरवार्ड, उरुग्वे 
एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वाटरफाइनलका लागि आफ्नो स्थान सुरक्षित ग¥यो । उनले पोर्चुगलको पोस्टमा दुई गोल मात्रै गरेनन् लुइस सुआरेजसँग उनको पार्टनसीप पनि धेरै नै उत्कृष्ट थियो ।

क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल 
२०१६ को युरोकपको विजेता टोलीको क्याप्टेन क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा चार गोल गरे । पहिलो खेलमा स्पेनविरुद्ध ह््याट्रिक गरेका उनले दोस्रो खेलमा मोरक्को विरुद्ध गोल गरेर गोल्डेन बुटको बलियो दाबेदारी प्रस्तुत गरे पनि उनको टोली प्रि क्वाटरफाइनबाटै बाहिरएपछि उनी गोल्डेनबुटको होडबाट बाहिरिएका छन् ।
रासस

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top