‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता हुने

१५ साउन ७८, शनिबार

१५ साउन, काठमाडौँ ।
अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौं अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रिय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारण सभाको अवसर पारेर भदौं २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी ३ सदस्यीय समिति समेत गठन गरेको छ । अध्यक्ष दुलालले अधिवेशनलाई सफल बनाउन नाडाका सबै सदस्यहरुलाई लागि पर्न आह्वान समेत गरे ।

नाडाको कूल ३ हजार ३ सय ६५ जना सदस्य रहेका छन । २० जना केन्द्रिय कार्य समितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार नाडाका ८ संस्थागत एशोसिएशनका अध्यक्षले स्वतः केन्द्रिय कार्य समितिमा प्रतिनिधित्व गर्नेछन् । त्यसैैगरी ४ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले गर्नेछ । यसरी नाडाको कूल केन्द्रिय कार्य समितिको कूल संख्या २९ जनाको हुनेछ । अध्यक्ष दुलालले सदस्यता नविकरण नगरेकाहरुको नविकरणको अन्तिम मिति आगामी भाद्र १८ गतेसम्म रहने गरी कार्य तालिका तय गरिएको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top