काठमाडौं–तराई/मधेश द्रुतमार्गमा २५ अर्ब ३९ करोड खर्च

१५ साउन, काठमाडौँ ।
काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७÷७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ । शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७÷७८ को वार्षिक कार्यप्रगति स्थिति तथा चालु आ.व. ०७८÷७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आ.व. २०७७÷७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको जानकारी दिए ।

Advertisement

उनले आ.व. ०७६÷७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आ.व. ०७७÷०७८ मा आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भएको बताए । त्यस्तै आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उनले स्पष्ट पारे । अयोजनाको स्वीकृत डिपीआर अनुसार १७५ अर्व लागत अनुमान रहेकोमा आयोजनाको शुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको उनले बातए । आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० रहेको आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले बताए ।

काठमाडौं – तराई÷मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाई ५५.५ कि.मी. रहेको जानकारी दिदैँ आयोजना प्रमुख पोखरेलले यसमध्ये आयोजनाको ४४.१ कि.मि. सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने÷पुर्ने कार्यहरु हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए । आयोजनाको डिजाइन तथा कन्ट्रक्शन सुपरिभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनौट भई विषय विज्ञहरुसहितको टोलीले फिल्ड सर्भे लगायतका कार्यहरु सुचारु गर्न विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले उल्लेख गरे । अयोजनामा पर्ने ३ सुरुङ मार्ग महादेवटार, धेद्रे र लेनडाँडाँ सुरुङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषय विज्ञहरुको डिजाइन टिम लगायतका समुहले कार्य प्रारम्भ गरेको उनले बताए । पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए ।

Advertisement

उनले पहुँच मार्ग एवं बेलिवृज निर्माण कार्यपनि भइरहेको बताए । नेपाली सेनाले आयोजनाको आवश्यकता अनुरुप ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित गरिएकोमा ४ हजार ७ सय ४५ रोपनी जग्गा प्राप्ति भएको र हालसम्म ४२७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ । खोकना बुङमति क्षेत्र समेतको स्थानीय विवादको कारण बाँकी जग्गा प्राप्तिमा बाधा परेकाले निर्माण कार्य समेत प्रभावित भएको नेपाली सेनाको भनाई छ । आयोजना स्थलमा १ हजार १३ वटा रुख कटान गरिएको रुख कटानको बदलामा चरणबद्ध रुपमा वृक्षारोपण कार्यपनि भइरहेको आयोजना प्रमुख पोखरेलले बताए । उनले चालु आ.व. ०७८÷७९ को लागि ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ विनियोजन भई वार्षिक कार्यक्रम तय भएको पनि उल्लेख गरे। चालु आ.व.मा प्राथमिकताको आधारमा सडक तथा पुल खण्ड सम्बन्धी बाँकी प्याकेजहरुको ठेक्का व्यवस्थापन गरी काम गर्ने योजना रहेको उहाँले आयोजना प्रमुख पोखरेलले स्पष्ट पारे ।

आयोजना आर्थिक वर्ष ०८०÷८१ मा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यसको निम्ति आवश्यक बजेटको सुनिश्चितता हुनुपर्ने नेपाली सेनाको भनाई छ । कोभिड १९ को कारण आयोजनाको काम प्रभावित भएको तथा खोकना–बुङमति क्षेत्रको स्थानीय विवादले आयोजना प्रभावित भएकाले समाधानको लागि केन्द्रीय तहबाट पहल गरिनुपर्ने आयोजना प्रमुखले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top