महाधिवेशन सुनिश्चित गर्न नेविसंघका पूर्व अध्यक्षहरुले गराए देउवाको ध्यानाकर्षण

२१ साउन, काठमाडाैँ ।

Advertisement

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् ।

उनीहरुले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् । पार्टीका नीति प्रशिक्षण तथा गणेशमान प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाईंले पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नका लागि विभिन्न बहानामा गरिएका आल्टाल र देखाइएका उदासीनताले आफूलाई झक्झकाएको बताए । उनले ७७ वटै जिल्ला, सबै क्षेत्र र सबै क्षेत्रमा विधिवित ढंगले पार्टीलाई कब्जा गर्ने, गलत गर्ने नियतका साथ कर्महरु भइरहेको र इतिहासलाई छायामा पार्ने कुचेष्ठा गरिएकोले यसमा आफू गम्भीर भएको बताए ।

Advertisement

उनले भने, “पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नको निमित्त विभिन्न बहानामा गरिएका आलटाल र देखाइएका उदासीनताले हामीलाई झक्झक्यायो, त्यही कारणले एउटै परिवारका सदस्य भएको नाताले हामीले श्रद्धेय पार्टी सभापति तथा प््रधानमन्त्री शेर बहादुर देउवा ज्यूलाई भन्नुपर्छ, वरिष्ठ नेता, पूर्व पदाधिकारीहरु र वर्तमान पदाधिकारीहरुलाई भन्नुपर्छ भनेर ध्यानाकर्षण गराएका हौँ, ७७ वटै जिल्ला, सबै क्षेत्र र सबै क्षेत्रमा विधिवित ढंगले पार्टीलाई कब्जा गर्ने, गलत गर्ने नियतका साथ कर्महरु भइरहेको छ इतिहासलाई छायामा पार्ने कुचेष्ठा गरिएकोले यसमा हामी गम्भीर छौँ ।”

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएपनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिका अनुसार तल्लो तहको अधिवेश हुन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top