Nepal Times
Nepal Times
3
Shares

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा

२१ साउन, काठमाडौं ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टले बिहीबार सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका हुन्। विष्टले सन्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको जानकारी गराएका थिए ।

आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार हटेपछि विष्टले राजीनामा दिएका हुन् ।नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो । उनले ३ वर्षे कार्यकाल पूरा गरेका छन् ।

राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनले बताए । राजिनामालगत्तै नेपाल टेलिभिजनको कार्यालयमा पुगेर विष्टले कर्मचारीलाई सम्बोधन गर्दै बिदाई लिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.