त्रिविका परीक्षा स्थगित नहुने

२३ साउन, काठमाडौं ।

Advertisement

काेराेना संक्रमण बढ्दै गएकाे भन्दै कक्षा १२ लगायतका अन्य परीक्षा स्थगित भएपनि  त्रिविका परीक्षा भने स्थगित नहुने भएका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिए ।

हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।

Advertisement

त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने छ । परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

परीक्षा नियन्त्रक जोशीले भने, ‘हाम्रो सबै परीक्षाको हिसाब गर्दा २०/३० हजार विद्यार्थी छन्, धेरैजसोको परीक्षा सकिने क्रममा छन्, त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुन्छन् ।’ कोरोना महामारी फेरि बढ्न थालेको भन्दै शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top