×

NEPAL TIMES UPDATES

Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026

सरकारका कार्यक्रम: उखु किसानका समस्यादेखि रिङ रोड विस्तार

२४ श्रावण २०७८

२४ साउन, काठमाडाैँ ।

सत्तारुढ गठबन्धनले सरकार संचालनका लागि साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सत्तारुढ गठबन्धन कार्यदलले तयार पारेको सो कार्यक्रम आईतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनमा रहेका दलका नेताहरुले सार्वजनिक गर्नु भएको हो ।

Advertisement
Advertisement

कार्यदलका संयोजक एवम् नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बाचन गरेकाे सो कार्यक्रममा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखिएको छ । त्यसका लागि सबै नागरिकलाई चैत्र मसान्तसम्म खोपको निःशुल्क व्यवस्था गर्ने कार्यक्रम राखिएको संयोजक खड्काले बताए । खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याव स्थापनाका लागि पहल गर्ने, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताल लगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने कुरालाई कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानवीन गर्ने र दोषी देखिएका व्यक्ति÷संस्थाउपर कानूनी कारबाही गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।

साझा कार्यक्रममा राष्ट्रिय हितको प्रवद्र्धनका लागि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरुसँग समाधान हुन बाँकि सीमा समस्याहरु कूटनीतिक माध्यामबाट समाधान गर्ने प्रतिवद्धता जनाइएको छ । त्यसैगरी राष्ट्रिय हितमा जलस्रोतको द्धिपक्षीय र बहुपक्षीय उपयोग गर्ने र जलस्रोत नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, वैदेशिक सहायतालाई बजेटरी प्रणालीमार्फत् सरकारको स्वामित्व र नेतृत्व हुने गरी भौतिक पूर्वाधारको निर्माण लगायतका राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने पनि कार्यक्रम समावेश गरिएका छन् । संयोजक खड्काले राष्ट्रिय हित प्रतिकूल रहेका सन्धि सम्झौैताहहरुको पुनरावलोकन गर्ने, सुरक्षा अंगहरुको व्यवसायिकतामा जोड दिँदै मनोबल उच्च बनाउन आवश्यक साधन, स्रोत उपलब्ध गराउने कुरालाई पनि कार्यक्रममा जोड दिइएको बताए ।

संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि तीन वटै तहका सरकारको क्षेत्राधिकार र अन्तरसम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्दै लैजाने, प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आवश्यक कार्यहरु गर्ने, विदेशमा रहेका नागरिकहरुलाई समेत मतदानको अधिकार दिलाउन पहल गर्ने पनि सरकारको साझा न्यूनतम कार्यक्रममा भनिएको छ । सरकारले शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार कायम राख्न राज्यका सबै संयन्त्रलाई निष्पक्ष र जवाफदेही बनाउन ठोस कदम चाल्ने कुरालाई पनि कार्यक्रमका उच्च प्राथमिकतामा राखिएको छ । सार्वजनिक सेवालाई पारदर्शी र जवाफदेही बनाउन अनलाईन सेवालाई संचालनमा ल्याउने व्यवस्थालाई जोड दिइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई आवश्यक स्रोत, साधन थप गरी प्रभावकारी रुपमा संचालन गर्ने व्यवस्था पनि कार्यक्रममा राखिएको संयोजक खड्काले बताए ।

कार्यक्रममा शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार र माओवादीबीच भएको वृहत शान्ति सम्झौता तथा मधेश आन्दोलन लगायत विभिन्न पक्षहरुसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, तराई मधेशमा भएका विभिन्न आन्दोलनका बेला लगाइएका मुद्धाहरुको पुनरावलोकन गरी अन्यायपूर्ण बन्दी बनाइएका व्यक्तिको रिहाई गर्ने प्रतिवद्धता जनाइएको छ ।

नेपाललाई विकसित मुलुकको स्तरमा पु¥याउन सरकारी, सहकारी तथा निजी क्षेत्रको समन्वयात्मक तथा क्रियाशील भूमिकाका आधारमा विकास निर्माण लगायत समग्र आर्थिक कार्यक्रम संचालन गर्ने, आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधिन सबै विधेयकहरु ३ महिना भित्र पारित गर्ने कार्यक्रममा उल्लेख गरिएको छ । तीव्र आर्थिक विकासका लागि जल, जमिन, जंगल जडिबुटी र जनशक्ति परिचालनमा जोड दिइएको कार्यदलका संयोजक खड्काले बताए ।

Advertisement

संविधानको भावना अनुसार भूमिहीनहरुलाई भूमि उपलब्ध गराउने, डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउने, व्यापार घाटा कम गर्न स्वदेशी पूँजी, प्रविधि, श्रम र उद्यमशीलतामा जोड दिने व्यवस्था पनि कार्यक्रममा गरिएको छ । ‘युवाको अधिकारः शिक्षा र रोजगार’ अवधारणालाई व्यवहारिक रुप दिने, सबै समूदायको भाषा, लिपी, संस्कृति, सभ्यता र सम्पदाको संरक्षण तथा सम्वद्र्धन गर्ने, महिला हिंसामुक्त समाज निर्माण गर्ने कुरालाई पनि कार्यक्रममा समावेश गरिएको छ । कार्यक्रमले बाढी, पहिरो, डुबान, तथा अन्य पीडित परिवारलाई उद्धार र राहतको उचित व्यवस्था गर्ने कुरालाई पनि जोड दिएको कार्य दलले जनाएको छ । कार्य दलका संयोजक खड्काले परराष्ट्र सम्बन्ध संचालनका लागि राष्ट्रिय सहमति कायम गरेर अघि बढने कुरालाई पनि कार्यक्रमले जोड दिएको स्पष्ट पारे ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top