देउवाले एमाले फुटाएर मात्रै मन्‍त्रिपरिषद् विस्तार गर्न खाेजे : डा. विमला राई

२४ साउन, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भिर आरोप लगाएकी छन् ।

आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको दावी गरेकी हुन् । उनले भनिन्, ‘सबैभन्दा ठूलो पार्टी कहिले फुटला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रीपरिषदमा ज्वाईन गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन्, चिन्ता फेरी संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ ।’

Advertisement

सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरिन्। उनले केपी ओली नेतृत्वको सरकारलाई अप्ठयारोमा पार्न पनि त्यस्तै खालको राजनीतिक संयन्त्रको मागले भएको दावी गर्दै उनले अहिले पनि सरकारलाई कमजोर बनाउन सो प्रयास गरिएको उल्लेख गर्दैै त्यसको बन्धक नबन्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइन् । सांसद राईले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बिस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको प्रतिक्रिया समेत दिइन्। संविधानले नचिन्ने राजनीतिक संयन्त्र बनाउने काम गर्न नहुने उनको तर्क थियो ।

सांसद पौडेलले प्रधानमन्त्री देउवालाई पटक पटक संसदप्रति जवाफदेही बन्न तर राजनीतिक संयन्त्रको बन्धन नबन्न आग्रह गरिन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top