दुई हप्तादेखि एक गुफामा फसेका बालक उद्धारका लागि ‘चिम्नी’ बनाइयो

२३ असार ७५, शनिबार
Share this
722shares

थाइल्याण्ड, असार २३

Advertisement

थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् ।

यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको बताएका छन् ।

Advertisement

उनका अनुसार गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो छन् । ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने र ती बालकको उद्धार गर्न सजिलो पर्ने उनीहरुले बताएका छन् ।

उद्धारमा खटिएका एकजना गोताखोर बालकलाई खाना पु¥याएर बाहिर फर्किने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँ छिर्न अरुले मानिरहेका छैनन् । यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्न सक्ने अनुमान गरिएको छ ।

Advertisement

ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ । उता शनिबार बिहानसम्म पनि ती बालकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरुले बाहिरबाट पठाइएको खानेकुरा खाएको र सामान्य अवस्थामा रहेको अधिकारीले जनाएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top