×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता

२३ असार २०७५

काठमाडौँ, असार २३

चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भएको दर्ताअनुसार ३३ करोड ८० लाख ७८ हजार ७१६ कित्ता बोनस शेयर दर्ता भएको छ ।

Advertisement
Advertisement

बोर्डमा दर्ता भएअनुसार २२ वटा विकास बैंक, २६ वटा माइक्रोफाइनान्स, १० फाइनान्स कम्पनी, १९ वटा बीमा कम्पनी, नौ वटा जलविद्युत् कम्पनी, १० वटा ‘क’ वर्गका वाणिज्य बैंक र चार वटा अन्य समूहको शेयर दर्ता भएका छन् । बाँकी रहेका अन्यमा होटल, उत्पादन समूह तथा उत्पादनमूलक समूहको समेत बोनस शेयर दर्ता भएको छ । शेयर बजारमा हकप्रद र बोनस शेयरको मात्रा बढ्दा लगानीकर्तालाई फाइदा भए पनि शेयर बजारमा भने त्यसको नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ ।

बोर्डकाअनुसार सांग्रिला डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, वेस्टन डेभलपमेन्ट बैंक, काबेली विकास बैंक तिनाहुँ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कन्काइ विकास बैंक, साइन रेसुंगा विकास बैंकलगायतले बोनस शेयर प्रदान गर्न आवेदन दिएका छन् ।

यस्तै लक्ष्मी बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता बोनस शेयर रु एक अर्ब १५ करोड ६३ लाख ६५ हजार २०० बराबरको बोनस शेयर बोर्डमा दर्ता गराएको छ । आफ्ना शेयरधनीलाई बोनस शेयर उपलब्ध गराउने भन्दै आवेदन दिनेमा सानिमा बैक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कर्मसिएल बैंक, सिटिजन बैँक, सनराइज बैंकले पनि चालु आवमा नै बोनस शेयर बोर्डमा दर्ता गराएका छन् ।

यस्तै नेपाल ल्यूब आइल, साल्ट टेड्रिड लिमिटेड, होटल सोल्टी, ओरियन्टल होटलले पनि बोनस शेयर दर्ता गराएका छन् । बोर्डकाअनुसार अरुण भ्याली जलविद्युत् कम्पनी, न्यादी समूह, बरुण जलविद्युत् कम्पनी, रिडी जलविद्युत् कम्पनी र अपि पावर कम्पनीलगायतले पनि बोनस शेयरका लागि आवेदन दर्ता गराएका छन् ।

बीस कम्पनीलाई साधारण शेयर बिक्रीको स्वीकृति 

बोर्डले चालु आवको हालसम्म कूल २० कम्पनीलाई रु आठ अर्ब १० करोड २० लाख ९९ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । यस्तै यसवर्ष अधिकाशं जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गरेका छन् । अनुमति दिएकामध्ये १३ वटा त जलविद्युत् कम्पनी नै रहेका छन् ।

यस्तै विभिन्न पाँच कम्पनीलाई रु ११ अर्ब ४२ करोड २० लाख ८२ हजार ९५४ बराबरको तीन करोड ४८ लाख १५ हजार ५८६ कित्ता एफपिओ बिक्रीका लागि अनुमति दिएको छ । नेपाल ग्रामीण विकास बैंक, प्रिमियर इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, एनएमबी बैंक र नेपाल बैंकको एपपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । त्यसमध्ये एनएमबी र नेपाल बैंकको एफपिओ बिक्री भइरहेको छ ।

यस्तै विभिन्न १४ कम्पनीको साधारण शेयर बिक्रीका लागि स्वीकृतिको चरणमा रहेको छ । यस्तै ५३ कम्पनीको रु २५ अर्ब ३९ करोड ४१ लाख ८८ हजार ६७५ बराबरको २५ करोड ३९ लाख ४१ हजार ८८६ कित्ता हकप्रद शेयर निस्काशनका लागि बोर्डले स्वीकृति दिएको छ ।

बोर्डले प्रक्रिया पु¥याएर आएका सबै कम्पनीलाई निश्चित कार्यदिनभित्र आवश्यक स्विकृति दिइएको जनाएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top