निन्द्रा नलाग्ने खालको सपना देख्न युवाहरुलाई ईश्वर पोखरेलको सुझाव

३० साउन, काठमाडाैँ ।

Advertisement

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौं २७ र २८ गते काठमाडौं हुँदैैछ । महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताए ।

शनिबार सुनिता बरालद्धारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यक्ता भएको पनि स्पष्ट पारे । उनले भने, ‘विधान अधिवेशन हुँदैछ । सो विधान अधिवेशनमा नेतृत्व निर्माणमा सन्दर्भमा म अगुवाई गरेर कुरा उठाउँछु –पाका पुस्ता पनि चाहिन्छ, अधवैंसे पुस्ता पनि चाहिन्छ । त्यतिले मात्रै पुग्दैन । युवा तन्नेरी पुस्ताको पनि समावेशीता विधानमै व्यवस्थिति हुुनुपर्छ । त्यसो नहुने हो भने पार्टीमा नेतृत्वको रिक्तता हुन्छ ।’

Advertisement

महासचिव पोखरेलले युवा पुस्तालाई पार्टी भित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरुलाई दवाव दिन पनि सुरु गर्न निर्देशन समेत दिए । उनले पार्टीका युवा, विद्यार्थीहरुलाई निन्द्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भई मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top