विद्यार्थीहरुलाई तत्काल खोप उपलब्ध गराई सबै तहको परीक्षा गराउन कांग्रेसकाे माग

३० साउन, काठमाडौँ ।
सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले सबै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । केन्द्रिय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

खोपको अभावमा विद्यार्थीहरुले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रिय सदस्यहरुले सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नेताहरुले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरुलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए । पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरुलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरुले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए ।

भूतपूर्व गोर्खा सैनिकहरुले बेलायतमा विभिन्न माग राखेर धर्ना दिईरहेकाले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरुले दवाव थिएका थिए । अफगानिस्तानमा रहेका नेपाली युवाहरुको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई काँग्रेस केन्द्रिय सदस्यहरुले आग्रह गरेका थिए । प्रवक्ता शर्माले भने, ‘अफगानिस्तानमा पछिल्लो जे घटना भईरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरु कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरु कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरुको अवस्था के छ ? र आवश्यक प¥यो भने सरकारले उनीहरुलाई प्रक्रिया पु¥याएर उद्धार गर्न गम्भिर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ ।’

Advertisement

बैठकमा नेताहरुले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारिता लगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top