मृतकका परिवारलाई पाँच हजार किरिया खर्च उपलब्ध गराउँदै नगरपालिका

३० साउन ७८, शनिबार

३० साउन, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

Advertisement

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top