मिर्गौला पीडितको नाउँमा ठगी गर्ने ३ जना ४ लाख रुपैयाँसहित पक्राउ

४ भदौ ७८, शनिबार

४ भदाै, पोखरा ।

अवैध रुपमा चन्दा असुली गर्नेहरूलाई पोखराबाट प्रहरीले पक्राउ गरेकाे छ । शुक्रबार पोखराको न्यू हाइवे स्टाफ होटेल एन्ड लजबाट अवैध रुपमा चन्दा सङ्कलन गरेको अभियोगमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरूले ‘युनिक स्वयंसेवक नेपाल’ केन्द्रिय कार्यालय संस्था धरान सुनसरी नामको संस्था दर्ता गरी विभिन्न १२ जना बिरामीको नाउँमा चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जा लगायतका जिल्लाहरूमा बिना अनुमति चन्दा सङ्कलन गरेको खुलेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

Advertisement

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत, वर्ष ३२ को टेक बहादुर बस्नेत र हल्दोबारी गाउँपालिका १ बस्ने वर्ष ४४ का धन बहादुर सेन्चुरी रहेका छन् । उनीहरूको साथबाट प्रहरीले नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ बरामद गरेको हमालले बताए ।

उनका अनुसार उनीहरूले चन्दा सङ्कलनकै लागि भनेर १० वटा अटो ट्याम्पो भाडामा लिएर देशका प्रमुख सहरमा मिर्गौला पीडितको नाउँमा चन्दा सङ्कलन गर्ने गरेका थिए।

Advertisement

पक्राउ परेका उनीहरूबाट प्रहरीले चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा पनि बरामद गरेकाे छ । उनीहरू विरुद्ध विरुद्ध चन्दा ऐन २०३० अन्तर्गत कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top