माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र

cWoIf g]kfn lgjf{rg cfof]udf sf7df8f}F, ( ebf}M g]kfn sDo'lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfn a'waf/ lgjf{rg cfof]udf bn btf{sf nflu ;gfvt u/]kl5 clejfbg ub}{ . tl:a/M /Tg >]i7÷ /f;;

१० भदौ, काठमाडौं ।
नेकपा एमाले विभाजन भइ गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । यद्यपि दल दर्ताका लागि चाहिने १९१ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ । ‘हाम्रो २०३ जनाको केन्द्रीय कमिटी थियो, त्यसमा १९१ जना बहाल हुनुहुन्थ्यो । त्यसमध्ये ५६ जना उपस्थित भएर सनाखत गर्‍यौं, ‘ नेता राजेन्द्र पाण्डेले भने, ‘त्यसअनुसार निर्वाचन आयोगले हामीलाई दलको प्रमाणपत्र दिएको छ ।’

नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कर्णालीका प्रकाश ज्वालामध्ये १० जना केन्द्रीय सदस्य भएको र उनीहरुको सनाखत गर्न नहुने भनेर निवेदन दिएको थियो । आयोगमा यसबारे पनि छलफल भएको थियो । नयाँ दल दर्ताका लागि ५५ जनाको सनाखत भएको र १० जनालाई घटाउँदा पनि अध्यादेशअनुसार दल दर्ता हुने देखिएको आयोगको निर्णय छ ।

यस्तै ३० जना संघीय संसदले नेकपा एकीकृत समाजवादी रोजेको नेता पाण्डेले जानकारी दिए । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।