नेकपा सचिवालय बैठक साँझ पुनः बस्ने

नेकपा सचिवालय बैठक साँझ पुनः बस्ने

काठमाडौँ, असार २६

संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज साँझ पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो ।

शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन पेश गरेको र प्रतिवेदनमा छलफल भएपनि आज साँझ पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा समेत छलफल भएको थियो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.