×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

१५ भाद्र २०७८

काठमाडौं: आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले पनि महामन्त्रीमै उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थापन तर्फबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने करिबकरिब निश्चित छ । संस्थापनइतरबाट पनि साझा उम्मेदवारको खोजी भइरहेको छ । यद्यपि, उपयुक्त पात्रबारे सहमति जुटिसकेको छैन । संस्थापन इतरबाट वरिष्ठ नेता, रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले दाबी गरिरहेका छन् ।

Advertisement
Advertisement

उता, एमाले महाधिवेशनका लागि भने महासचिव ईश्वर पोखरेलले अध्यक्ष उठ्ने घोषणा गरेका छन् ।
आगामी मंसिरमा हुन गइरहेको नेकपा ९एमाले०को महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा हालका अध्यक्ष ओलीलाई कसैले पनि चुनौती नदिने विश्लेषण भइरहेका बेला महासचिव पोखरेल अघि बढेका हुन् । यद्यपि, उनी यो विषयमा कहिलेसम्म अडिग हुन्छन्, निश्चित छैन ।

वसुन्धरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले उमेदवारी दिने घोषणा गरेका हुन् । ‘अबको नेतृत्वमा मैले कुनै पनि पदीय रूपमा जिम्मेवारी लिन सक्छु भन्ने कुरो मैले अहिलेसम्म गरेको कामले देखिएको छ । परिस्थिति आए र कार्यकर्ताले पनि साथ दिए म ‘डिजर्ब’ गर्न सक्छु,’ उनले भने ।

कार्यकर्ताको भावना र आवश्यकताका साथै परिस्थिति हेरेर आफू अघि बढ्ने उनको भनाइ छ । एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

नेपालको राजनीति अहिले दुईवटा पोलमा केन्द्रित भएर अघि बढेको उनको भनाइ छ । केपी शर्मा ओलीले एउटा पोलको नेतृत्व गरेको र अर्को त्यसविरुद्ध बनेको गठबन्धन भएको उनको भनाइ थियो । गठबन्धन टालाटुली बटुली भएको आरोप लगाउन उनले ओलीका शब्द सापटी लिएका थिए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top