×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

सञ्चार सहकारीद्धारा तीन पत्रकार पुरस्कृत

२७ असार २०७५

विराटनगर,असार २७

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले आफनो सातौं स्थापना दिवसको अवसरमा आज तीन जना पत्रकारलाई सम्मान गरेको छ ।

Advertisement
Advertisement

सहकारी संस्थाले विराटनगरका पत्रकार अभयकुमार राईलाई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजिवी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।यस्तै इलामका पत्रकार भीम चापागाईंलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार र उर्लाबारीबाट पत्रकारिता गर्दै आएकी ज्योति चौहानलाई मिना श्रेष्ठ श्रमजीवि महिला राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरे र सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन भण्डारीले उनीहरुलाई सम्मान गरेका हुन । राईलाई नगद २१ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको छ ।

यस्तै आर्थिक पत्रकारिता पुरस्कारको राशी ३१ हजार र महिला श्रमजीवि पुरस्कारको राशी नगद १० हजार र सम्मानपत्र रहेको छ । सो अवसरमा बोल्नुहुँदै मन्त्री घिमिरेले पत्रकारहरु समाज परिवर्तनका संवाहक रहेकाले पत्रकारिता पेशालाई व्यवस्थित बनाइनुपर्ने बताए ।

Advertisement
Advertisement

उनले पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउन नसकेकाले पत्रकारिता पेशाबाटै पलायन हुने अवस्था रोक्न सबै पक्ष जिम्मेबार हुनुपर्नेमा जोड दिएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top