×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इङ्ल्यान्डलाई २-१ ले हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

२८ असार २०७५

क्रोएसिया रुसमा जारी फिफा विश्वकप २०१८ को फाइलनमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २-१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फाइलनमा प्रवेश गर्न सफल भएको हो।

खेलको ५ औं मिनेटमा किरन ट्रिप्परले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा क्रोएसिया  १–० ले पछि परेको  थियो । दोस्रो हाफको ६८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

Advertisement
Advertisement

निर्धारित ९० मिनटसम्म  पनि १-१  को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९ औं मिनेटमा मारियो मान्जुकिकले क्रोएसियाको जितका लागि निर्णायक गोल गरेपछि क्रोएसिया इतिहास रच्न सफल भयो ।

क्रोएसियाले उपाधिका लागि आइतबार सन १९९८ को विश्वविजेता फ्रान्सको समना गर्नेछ । फ्रान्स  मंगलबारको खेलमा बेल्जियमलाई पराजित गरी फाइलन प्रवेश गरेको हो ।

पहिलो पटक सन १९९८ को फ्रान्स विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो पटक नै तेस्रो स्थान हासिल गरी  तहल्का मच्चाएको थियो ।  रूस विश्वकप क्रोएसियाका लागि  पाचौ सहभागिता हो ।

Advertisement

क्रोएिसयासँग स्तब्ध बनेको  १९६६ को विश्वविजेता इङ्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top