राष्ट्रिय खेलकुद परिषद्द्वारा आठ संघ खारेजी 

२८ असार ७५, बिहीबार
Share this
678shares

काठमाण्डाैँ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।

Advertisement

खेलकूद विकास ऐन, २०४८ र खेलकूद विकास नियम, २०४९ (संशोधित) सहित खेलकूद गतिविधि सञ्चालन, लेखा परीक्षण नवीकरण, निर्वाचन आदि कार्य नगरेका कारण ती संघलाई खारेज गरिएको हो ।

खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ छन् ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top