×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

कनकाईमा प्रमुख आवास कार्यक्रम

३० असार २०७५

सुरुङ्गा, असार ३०

कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो ।

Advertisement
Advertisement

नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई लाख गरी रु ४१ लाखको लागतमा नगरपालिका–७ स्थित रेडक्रस टोलमा १५ परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।

कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र २०५० सालभन्दा पहिलादेखि बसोबास गर्दै आएका तथा जमीन र घर नभएका परिवारलाई जमीन तथा घर निर्माण गरेर राखिने बताइएको छ । यस्ता परिवारको पहिचानका लागि नगरका नौवटै वडामा प्रतिनिधि खटाइएको नगरप्रमुख पोखरेलले बताए ।

विभिन्न सामाजिक संघसंस्थालाई समेत कार्यक्रममा सहभागी गरार्ई नगरपालिकाभित्र सुकुम्वासी र घरवारविहीनको संख्या रहुञ्जेल कार्यक्रमले निरन्तरता पाइरहने बताइएको छ ।

पहिलो चरणमा कनकाई–७ मा तीन कट्ठा जमीनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडा नं ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्वाले जानकारी दिए ।

Advertisement
Advertisement

रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top