सरकारी जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२५ भदाै, सुनसरी ।

बिहीबार बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरि ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर-४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका-५ तल्लो देउरालीमा दिपक लिम्वुको घरमा डेरा गरी बस्ने ५२ बर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् ।

आफु लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भन्दै प्रलोभनमा पारि सर्वसाधारणबाट नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो पश्चात लेनदेन प्रकृतीको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको थियो ।

Advertisement

प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाडाैँ लेखिएको डिजिटल छाप थान -१, लोकसेवा कार्यालय कमलपोखरी काठमाडाैँ लेखेको रबरको छाप थान -१ (एक), गोप्य लेखेको रबरको छाप थान -१ (एक), जिबछ लामिछाने समेत लेखेको रबरको छाप थान -१ (एक), नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडाैँ लेखेको रबरको छाप थान -१ (एक), प्रहरी निरीक्षक लेखेको रबरको छाप थान -१ (एक), उपसचिव लेखेको रबरको छाप थान-१ (एक) राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको छाप थान -१ (एक), लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप थान -१ (एक), शाखा अधिकृत लेखेको छाप थान -१ (एक) लगायत सो सम्बन्धित बिभिन्न कागजातहरु फेला बरामद गरेको छ ।

पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

सम्बन्धित समाचार

Scroll to Top