यो वर्ष औसतभन्दा बढी वर्षा : महाशाखा

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

मनसुन बाहिरिन अझै केही दिन बाँकी नै रहँदा नेपालमा यो वर्ष औसतभन्दा धेरै वर्षा भइसकेको छ।

यो वर्ष औसतभन्दा ८.५ प्रतिशत बढी पानी परेको मौसम विश्लेषण महाशाखाले जनाएको छ। ममहाशाखाका अनुसार यो वर्ष १५२१.८ मिलिमिटर पानी परिसकेको छ।

Advertisement

मनसुनी समयमा औसतमा १४०२.९ मिलिमिटर पानी पर्नुपर्ने भए पनि मनसुन बाँकी छँदै १०८.९ मिलिमिटर बढी पानी परेको महाशाखाले जनाएको छ। यो वर्षको मनसुन बाहिरिन अझै १२ दिन बाँकी छ।

भारी वर्षाको अवधि भने सकिएको बताउँदै महाशाखाले अब देशका केही भागमा सामान्य वर्षामात्र हुने जनाएको छ।

Advertisement

देशभरका क्षेत्रगत रुपमा समेटिएका मुख्य मुख्य २० वटा स्टेशनबाट ३० वर्षको अवधिलाई तुलना गरेर औसत वर्षाको मापन गर्दै आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यस वर्ष २० स्टेशनमध्ये धरान, लुम्ले र दाङमा औसत वर्षा हुन सकेको छैन भने अन्य १७ वटा स्टेशनमा भने औसतभन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।

औसत रुपमा सेप्टेम्बर २३ अर्थात असोज ७ गते सम्मलाई मनसुन अवधि मान्ने गरिन्छ। यो साता काठमाडौंमा पाँच वर्ष यताकै सबैभन्दा धेरै पानी परेको महाशाखाले जनाएको छ। यस वर्ष जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top