माओले भनेजस्तै मैले पनि एक्लो छु भन्नुपर्ने हो कि ! : प्रचण्ड

२७ भदौ, काठमाडौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्ने लागेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेस गर्दै आफूलाई पनि कहिलेकाँही एक÷दुई वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए ।

Advertisement

आइतवार काठमाण्डौमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तन–मनन गरी दिन पनि वाम बुद्धिजीवीहरूलाई आग्रह गरे ।

उनले भने , ‘कहिलेकाँही यस्तै लाग्दो रहेछ । एक÷दुई वर्ष जतिमा एक्लो पो हुने हो कि ? र माओले भनेजस्तै ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि ? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के ।

तपाईँहरू यो पनि चिन्तन–मनन गरिदिनुहोला । नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो ? पुस्तकका टिप्पणीकारहरूले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनुभयो ? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र यो ?’

अध्यक्ष दाहालले केपी ओलीप्रति सङ्केत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशालाई सही ढङ्गले अघि बढाउन विगतमा भएका इतिहासको सही समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औल्याए । अध्यक्ष दाहालले आफूले अझै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर अघि बढ्न चाहेको पनि पटक–पटक दोहो¥याए

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top