संवैधानिक इजलासको विवाद मिलाउन प्रधानन्यायाधीश राणाले बोलाए बेञ्च–बार बैठक

२७ भदौ, काठमाडौं ।

Advertisement

आफ्नो स्वार्थ बाझिएको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ चल्दा प्रधानन्यायाधीश इजलासमा बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा देखिएको विवादको निकासका लागि बेञ्च–बार समन्वय समितिको बैठक बोलाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबार दिउँसो २ बजे बस्ने गरी समन्वय समितिको बैठक बोलाएका हुन्।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशानुसार गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि हुने पहिलो र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू अलग हुने निर्णय लिएका थिए। तर, सर्वोच्चकै एकल न्यायाधीश (हरि फुयाँल)को इजलासले प्रधानन्यायाधीश बिना संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेश जारी गरेपछि संवैधानिक इजलास गठनको विवाद झन् गिजोलिएको हो।

Advertisement

संवैधानिक इजलास गठनको विषय झन् झन् चर्किदै गएको अवस्थामा निकास निकाल्नका लागि भनेर प्रधानन्यायाधीश राणाले समन्वय समितिको बैठक बोलाएका हुन्। उक्त समितिमा सर्वोच्च अदाल बार एशोसियशनका अध्यक्ष, नेपाल बार एशोसिएशनका अध्यक्ष, पूर्व अध्यक्षसहित ५ जनाले सहभागिता जनाउने भएका छन्। सर्वोच्च अदालतबाट पनि ५ जनाको सहभागिता हुने भएको छ।

बारका तर्फबाट नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरू तथा वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेतृत्व गर्ने छन्। त्यस्तै, सर्वोच्चबाट वरिष्ठता क्रममा रहेका ४ न्यायाधीश र मुख्य रजिष्ट्रार लालबहादुर कुँबर सहभागी हुनेछन्।

Advertisement

उक्त छलफलमा संवैधानिक इजलास गठनको विवाद, न्यायालयमा भएको विकृति विसंगति सम्बन्धमा छानबिन गरी सुझाव पेस गर्न न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनदेखि विभिन्न विषयमा छलफल हुने सर्वोच्च स्रोतले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top