NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ? बिहिबार माघ १ , २०८२
रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ? बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको बिहिबार माघ १ , २०८२
अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ? बिहिबार माघ १ , २०८२
Next
Prev

समाचार

यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर

सोमवार भदौ २८ , २०७८
Reading Time: 1 min read
A A
यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

संखुवासभा : संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । घटनामा सफलतापूर्वक अनुसन्धान गरेको भन्दै प्रहरीले वाहवाही त कमाएको छ नै प्रहरीले छोटो समयमै कसरी हत्याराको पहिचान ग-यो भन्ने कौतुहलता पनि उब्जेको हुन सक्छ । यहाँ हामीले यही पाटोलाई केलाएका छौं ।

हत्या घटनापछि अनुसन्धानका लागि प्रदेश १ का डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी रुगम कुँवर, संघीय प्रहरी इकाइबाट एसपी भीम ढकालको टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीको टोली, इलाका प्रहरी कार्यालयको अर्काे टोली पुगेको थियो । ती सबै टोलीले आ आफ्नो तवरले अनुसन्धान प्रक्रिया अघि बढाएका थिए । फलस्वरूप हत्याको पाँचौं दिन प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई हत्या अभियोगमा पक्राउ ग¥यो ।

विविध पाटोमा अनुसन्धान अघि बढाएको प्रहरी टोलीले सुरुदेखि नै उनलाई आशंकामा नराखेको होइन । तर, विश्वस्त प्रमाण भने फेला पार्न सकेको थिएन ।

LS Auto

सुरुमै उनीप्रति आशंका गरिनुको पहिलो कारण हो, मृतक तेजबहादुर कार्कीको शव भएको ठाउँ । उनले जुन ठाउँमा तेजबहादुरको शव छ भनेका थिए, त्यो ठाउँबाट शव देखिँदैनथ्यो । त्यसो भए उनले कसरी त्यो ठाउँमा शव छ भने त ? प्रहरीले उनको यो भनाइलाई नोटिस गर्दै उनलाई शंकाको घेरामा राखेको थियो । र, भित्री रूपमा जवाफ पनि खोजिरहेको थियो । तर, उनको हाउभाउ, व्यवहार, शारीरिक अवस्थाका कारण प्रहरी आफंै अलमलमा परेको थियो ।

मृतक लोकबहादुरको घरबाट करिब २० मिटरको दूरीमा तेजबहादुरमाथि पहिलोपटक प्रहार भएको थियो । जुन ठाउँमा रगत पनि देखिएको थियो । तर, भाग्ने क्रममा उनी सडकको तल्लो भागमा पुगे । त्यहीँ उनको मृत्यु भएको थियो । तर, बाटोबाट शव भने देखिँदैनथ्यो ।

तर, कक्षा १० मा अध्ययनरत नातामा लोकबहादुरका भाइ पर्ने एक किशोरलाई उनले तेजबहादुरलाई कसले मारेछ भनेर सोध्न लगाएका थिए ।

उनीमाथि प्रहरीले शंका गर्नुको अर्काे कारण हो, तेजबहादुरको हत्या भएको स्थान । तेजबहादुरको हत्या भएको स्थान लोकबहादुरको घरनजिकै थियो । यदि कोही आपराधिक गिरोहले तेजबहादुर र उनको परिवारको हत्या गरेको थियो भने उनकै घर आसपासमा हुन सक्थ्यो । तर, कसरी लोकबहादुरको घरनजिक हुन गयो ? यसलाई पनि प्रहरीले अनुसन्धानको विषय बनाएको थियो ।

अर्काे कुरा हो, जुन ठाउँमा तेजबहादुरको हत्या भएको थियो । त्यसबेला लोकबहादुरका बाबु र भाइ घरमा थिएनन्, लोकबहादुर मात्रै थिए । यदि बाहिरका मान्छेबाट तेजबहादुरको हत्या भएको थियो भने नजिकै रहेका उनले किन थाहा पाएनन् ?

जुन ठाउँमा तेजबहादुरको शव भेटिएको थियो, त्यहाँबाट २५-३० मिटरको दूरीमा सासुबुहारीको शव भेटिएको थियो । सय मिटरको दूरीमा नाबालक नाबालिकाको शव भेटिएको थियो । ८४ वर्षीय वृद्धाको घरमै हत्या भएको थियो । यो विषयलाई पनि प्रहरीले गम्भीरताका साथ लिएको थियो । घटनास्थललको गम्भीर पाटो केलाउने क्रममा प्रहरी टोली चिनेजानेको मान्छेकै हातबाट घटना भएको निष्कर्षमा पुगेको थियो । अझ प्रहरी टोली एक कदम अघि बढेर यसमा मानसिक रूपमा अस्वस्थ व्यक्तिको संलग्नता रहेको ठहरमा पुगेको थियो ।

त्यसो त सुरुमा प्रहरी आर्थिक कारण हत्या घटना भएको निष्कर्षमा पुगेको थियो । जब घरभित्रै ८ लाख ८९ हजार रुपैयाँ नगद र गरगहना सुरक्षित रूपमा भेटिए, प्रहरी आर्थिक कारण हत्या नभएको निष्कर्षमा पुग्यो । अर्काे कुरा, मारिएका महिलाले लगाएका गहना पनि उनीहरूकै साथमा थियो । त्यसपछि मात्रै हो, प्रहरीले घटनाको अनुसन्धानको पाटोलाई बदलेको ।

त्यसपछि प्रहरीले लोकबहादुरको घर खानतलासी ग¥यो । जब प्रहरीले उनको घरभित्र रहेको बाकसमा रगत लागेको हाफपेन्ट र कालो भेस्ट भेट्यो, उनैले हत्या गरेको भन्ने प्रमाण बलियो बन्दै गयो ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे थियाे ।

लोकप्रीय

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२

विचार

थप समाचार

राजनीति

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?
समाचार

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

मङ्लबार पुस २९ , २०८२

हालका पोस्टहरू

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.