×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अनुसन्धानमूलक उच्च शिक्षामा जोड दिइनुपर्छ : राष्ट्रपति

२८ भाद्र २०७८

२८ भदाै, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षाले अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

Advertisement
Advertisement

राष्ट्रपति भवन शीतल निवासमा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति तथा पदाधिकारीसँगको भेटका अवसरमा राष्ट्रपतिले विज्ञान र प्रविधिले ल्याएको विश्वव्यापी परिवर्तनका कारण हाम्रा आवश्यकता र समस्या पनि रूपान्तरण भइरहेको सन्दर्भमा परिवर्तनको यो वेगलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने चुनौती हामी समक्ष उभिएको बताइन्।

उनले समयको यस रूपान्तरणकारी गतिलाई पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने जनशक्ति हामीले कति उत्पादन गर्न सक्यौँ भन्ने कुराले हाम्रा सफलता वा असफलताको मापन गर्ने उल्लेख गरिन् ।

प्रकृति र संस्कृतिले सम्पन्न नेपाल भूमिले ज्ञान उत्पादनमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको तथ्य पेश गर्दै राष्ट्रपतिले भनिन्, “जनक सभ्यताबाट उपनिषद्हरूको जन्म भयो । शान्तिका अग्रदूत बुद्धले विश्व शान्तिको सन्देश यहीँबाट फैलाए । इतिहास, गणित र पुरातत्वमा विश्वस्तरीय योगदान गर्ने विद्वान विदूषिहरू यही भूमिले जन्माएको छ ।”

उनले इतिहास र सभ्यताको यस बिरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयले आफूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले आर्थिक उन्नतिका दृष्टिले दुई उदयमान छिमेकी देशहको बीचमा नेपाल अवस्थित रहेको हुनाले हामीले उत्पादन गर्ने जनशक्ति पनि यी छिमेकीसँगसँगै अगाडि बढ्ने किसिमको हुनु जरुरी देखिन्छ भनिन् ।

सामाजिक आर्थिक विकास प्रक्रियालाई तीव्रता दिइरहँदा राष्ट्रिय सुरक्षा, देशप्रेम र राष्ट्रियताको भावनालाई अभिवृद्धि गर्ने विषयमा विश्वविद्यालयले ठोस योगदान गर्न सक्ने उल्लेख गर्दै उनले यसका लागि सरकारका नीति निर्णय गर्ने निकाय र विश्वविद्यालयका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताइन्।

मुलुकमा विश्वविद्यालयको सङ्ख्या बढिरहेको सन्दर्भमा विश्वविद्यालयबीच आवश्यक समन्वय र सहकार्य अभिवृद्धि हुन सके प्राज्ञिक उन्नयनमा मद्दत पुग्दछ भन्ने आफूलाई लागेको उनको भनाइ छ ।

Advertisement

उच्च शिक्षाका आधारका रूपमा रहेका विद्यालय शिक्षाको गुणस्तर बढाउनका लागि विश्वविद्यालयको भूमिका हुनुपर्ने राष्ट्रपतिको जोड छ । राष्ट्रपतिले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई पलायन हुनबाट रोकेर उनीहरूले आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमै सदुपयोग गर्न उपयुक्त वातावरण सिर्जना गर्न आग्रह गरिन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top