सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठग्ने पक्राउ

२७ भदौ ७८, सोमबार

२८ भदौ, काठमाडौं ।

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–४ बागडोल ठेगाना भएका ४२ वर्षीय सरल रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सरल समेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्‍यूज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौँ तपाईँहरूलाई विभिन्न सर्जिकल सामग्रीहरू ग्लोभ्स, लेटेक्स ईग्जामिनेसन ग्लोभ्स विभिन्न साईजमा १०० प्रति ग्लोभ्स भएको प्रति बाकस ३ सय ३० भारतीय रुपैयाँ पर्छ भनी नमूना समेत देखाई विश्वास दिलाए पश्चात् कम्पनीको जोनल मेनेजर सन्दिप थापा हुन् भन्दै निजको आर्थिक कारोबार बैंक अफ ईन्डिया मालीगुडिको खातामा २ जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।

Advertisement

उक्त नगद पाएपछि उनीहरुले प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहिन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्क विहिन भई झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top