झलनाथलाई भेट्न दोस्रोपल्ट डल्लु पुगे प्रधानमन्त्री देउवा

२८ भदौ ७८, मंगलबार

२८ भदाै, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा खनाल निवास डल्लु पुगेका छन् ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका खनाल अहिले घरमै आराम गरिरहेका छन् । नेता खनाललाई यसअघि भदौ १७ मा पनि देउवाले डल्लु पुगेर भेटेका थिए ।

Advertisement

देउवाको सचिवालयले खनाललाई भेट्न प्रधानमन्त्री गएको जनाएको छ । देउवा पछिल्लो समय मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदको गतिरोधले तनावमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top