एमालेले प्रयोग गरेका शब्दले सभ्यताको सीमा नाघ्यो : नेपाल

२८ भदाै, काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले प्रतिनिधिसभा अवरुद्ध गर्ने क्रममा लगाएका नारामा प्रयोग भएका शब्दप्रति आपत्ति जनाएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार आह्वान गरेको सर्वदलीय बैठकमा नेपालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसद् नै नचाहेको भन्दै आलोचना गरेका हुन् । नेपालले एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष हुनु र ओली जस्तो विपक्षी नेता हुनु दुर्भाग्य भएकाे समेत बताए ।

बैठकमा नेता नेपालले भनेका थिए, ‘प्रमुख प्रतिपक्षले प्रयोग गरेका शब्दहरूले उहाँहरूले सभ्यताका सीमा नाघेको देखिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता अरुको मानमर्दन गर्न बाहेक उहाँसँग लोकतान्त्रिक चरित्र र संस्कार छैन । यस्तो प्रतिपक्ष हुनु हाम्रा लागि दुः खद हो।’

ओली नेतृत्वको प्रतिपक्ष जिम्मेवार भएर प्रस्तुत नभएको नेपालको भनाइ थियो । प्रतिपक्षी दलका नेताले संसद् र सभामुखप्रति पूर्वाग्रह राखेको पनि उनले बताएका थिए ।

बैठकमा नेपालले संसद् पनि नराेकि  सभामुखले संवादको कोसिस पनि जारी राख्नुपर्ने बताए । एमाले संवादमा आउनुपर्नेमा त्यसो नगरेर समस्या समाधान गर्ने प्रक्रियाबाट भागेको नेपालको भनाइ थियो । नेपालले सर्वोच्च अदालतले आफूहरूलाई ह्वीप नलाग्ने भनिसकेकोले एमालेकाे कारबाहीकाे अर्थ नभएकाे पनि बताएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top