Nepal Times
Nepal Times
3
Shares

प्रदेश–२ सरकारमा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

प्रदेश–२ सरकारमा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

२८ भदाै, धनुषा ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश–२ सरकारमा सहभागी हुने भएकाे छ । आज (सोमबार) धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

सो बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।  उनले भने, ‘प्रदेश–२ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ ।’

एकीकृत समाजवादीका प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको सो बैठकले वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । बैठकमा एकीकृत समाजवादी प्रदेश नम्बर २ का केन्द्रिय सदस्य, ८ वटै जिल्लाका अध्यक्ष र प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.