काठमाडौंमा ‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिट

काठमाडौं: काठमाडौंको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा एक महिलामाथि कुटपिट भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा झारफुक गर्ने वहानामा कुटपिट गर्दै यातना दिइएको हो । यातना दिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई स्वयम्भु ठूलो भर्‍याङमा धामी काम गर्ने दीपेन्द्रकुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत २१ भदौमा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्रलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले पत्नीलाई धामी थिङको घरमा झारफुक गर्न लगेका थिए ।

Advertisement

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार झारफुक गर्ने निहुँमा थिङको घरमा ती महिलामाथि कुटपिट भएको हो । ती महिलालाई दशनारायणको सहयोगमा धामीकहाँ पुर्‍याइएको थियो ।

यातना दिनेहरू विरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐनअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top