×

NEPAL TIMES UPDATES

Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026
Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026

होटल व्यवसायीको माग- फ्रि भिसा दिएर भएपनि पर्यटक भित्र्याउ

३१ भाद्र २०७८

३१ भदाै, काठमाडाैँ ।
पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् ।

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्राउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए । उनले पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने, विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा लगायतका कुराहरुलाई कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरुको माग रहेको बताए ।

Advertisement

प्रथम उपाध्यक्ष शाहले भने, ‘हामी सर्भिस इण्डस्ट्री हौँ, हामीले देश तथा विदेशबाट आउने पर्यटकहरुका लागि हामीले उहाँहरुले खोजेजस्तो सेवा दिन सकेनौँ भने हामीकहाँ आइरहने ग्राहकहरु हराउँछन्, जसले जति खर्च गर्नुहुन्छ, त्यो अनुसारको सेवा हामीले दिनैपर्छ, त्यसलै हामीले एकदमै कम्पिटिटिभ भएर काम गर्नुपर्छ, अहिले सबै मात्रामा कामदारहरु पनि आइरहनुभएको छैन, ठूला होटलहरुको पनि लगानी बढेर गएको देखिन्छ, बिजनेश छैन, एक,दुईवटा बिजनेश हुँदा पनि उसले घटाघट गर्ने अवस्था जस्तो देखिएको छ, अहिले सस्तोमा गरेर भएपनि केही टिक्न सकिन्छ की भन्ने हिसावले पनि मान्छे हेरिरहेका छन्, यो विषम परिस्थिती हो, हामीले बजार बढ्ने कामहरु गर्नुपर्यो, सरकारले घोषणा गरेको कुरा पर्यटकलाई १० दिनको पर्यटन कागज भनेको छ, यसको कार्यविधि बनेको छैन, यो बनाएर तत्काल निर्णय गर्नुपर्यो, त्यस्तै विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा भनेको छ, यसको पनि कार्यविधि अहिलेसम्म बनेको छैन, अक्टोबर, नोभेम्बरमा नेपाल आउन चाहने पर्यटकहरु आधाले क्यान्सिल गरिसके, किनभने हामीसँग आजको दिनसम्म अन अराइभल भिसा छैन, भिसा सहज बनाउने अवस्था छैन, धेरै मानिसहरु आउन खोज्नुभएको थियो, माउन्टेन ट्रेकिङको लागि नेपाल प्रख्यात भएकोले आउन चाहेका थिए, अहिले भ्याक्सिन लगाएका मानिसहरु हाम्रोमा आउने र हाम्रो कर्मचारी पनि भ्याक्सिन लगाइसकेको हुनाले आत्मविश्वास बढेको छ, यसलाई मध्यनजर गरेर सरकारले सक्दो चाँडो अन अराइभल भिसा, क्वारेन्टाइनका कुराहरु हटाउने, भारत र चीनका सीमानाकाहरु खोलिदिनुपर्यो, अरु सबै देशले खोलिसके, हामी धेरै पछि परेका छौँ, सरकारले तत्काल यसमा निर्णय गरोस्, सीसीएमसीमा पनि हामीले यी कुरा राखिसकेका छौँ, सीसीएमसीले पनि भनिसकेको भनिएको छ, हामी सरकारको निर्णयको पर्खाइमा छौँ ।’

होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर बिस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि बिस्तारै खुल्दै जाने बताए । उनले नेपालको सौन्दर्यताको चर्चा धेरै भएकोले अब पर्यटकहरु आउने कुरामा आशावादी रहेको बताए । होटल पबेराका सञ्चालक राधेश्याम थापाले भने, ‘यो बिजनेश भनेको लगानी गर्ने बित्तिकै तुरुन्तै फाइदा हुने बिजनेश त पक्कै पनि होइन, समयले यसलाई असर गरेको छ, बिस्तारै केही होला भन्ने आश छ, नेपाल एकदमै सुन्दर मुलुक छ, कि पर्यटकले पनि स्विट्जरल्याण्ड बिर्साउने देश भन्ने गरेका छन्, बिस्तारै सबै खुल्ला भएपछि राम्रो हुनेमा आशावादी छु ।’

त्यस्तै रमदा इन्कोरकी मार्केटिङ म्यानेजर प्रज्ञा खनालले कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रले अब गति लिने बताइन् । उनले नेपालमा आउने अधिकांश पर्यटक भारत र चीनका भएकोले भारत चीनका पर्यटकहरुका लागि सहजता प्रदान गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी अन्य होटलहरु भन्दा फरक छौँ, पर्यटकहरुलाई रिसाएर होइन, जुन बेला आएपनि काम गर्दै रमाइलो गर्ने व्यवस्थापकीय हामीसँग छ, हाम्रो देशमा धेरै आउने पर्यटकहरु भनेको चीन र भारतका हुन्, साथै भारतमा रमदाका ५२ वटा भन्दा धेरै होटेल्स छन्, त्यसैले भारतीय पर्यटकहरुलाई रमदा फेमिली इन्भारमेण्ट जस्तो लाग्छ ।’

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौँ पर्यटन व्यवसायीहरुको जनजीवनमा परिरहेको संकट टर्ने भन्दै म्यानेजर खनालले पर्यटकहरुका लागि नयाँपन, नयाँ स्वाद दिलाउन आवश्यक रहेको बताइन् । कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने व्यवसायीहरुको माग छ ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top