समता फाउण्डेसनद्धारा सञ्चालित स्कुलका शिक्षकले नियमित पारिश्रमिक पाउँदैनन्, ८ महिनादेखिको तलब अझै बाँकी

किशोर विश्वकर्मा
विराटनगर, असार ३२
समता फाउण्डेसनद्धारा सञ्चालित विराटनगर स्थित समता स्कुलका शिक्षक शिक्षिकाले नियमित पारिश्रमिक नपाउने गरेको खुलासा भएको छ । सो स्कुलमा अध्यापन गराउने शिक्षक शिक्षिकाले नियमित पारिश्रमिक नपाएकै कारण विद्यालयमा अध्यापन गराउन छाडेको खुलासा भएको हो ।

सो विद्यालय २०७० सालदेखि सञ्चालनमा आएको हो । नियमित पारिश्रमिक नपाएको भन्दै विभिन्न शिक्षक शिक्षिकाले विद्यालयमा अध्यापन गराउन छाडेको लामो समय सस्म पनि पारिश्रमिक नदिएको भन्दै सो स्कुलका पूर्व शिक्षकहरुले विद्यालय प्रशासनमा सोमबार तालाबन्दी गरेका छन् ।

उनीहरुले पारिश्रमिक नपाएकै कारण आफूहरुले राजीनामा दिएको र बक्यौता पारिश्रमिकका लागि बारम्बार धाए पनि कुनै सुरुवाई नभएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

Advertisement

उनीहरुले स्किुलले आफुहरुको पारिश्रमिक केहि दिन भित्रमा दिने स्कुलका प्राधानाध्यापक विकास गुरुङले पटक–पटक भनेपनि लामो समय सम्म पारिश्रमिक उपलब्ध नगराएको भन्दै स्कुल प्रशासनमा तालाबन्दी गरेका हुन् ।

Advertisement

हरिनारायण साह, सुमन राजवंशी, विक्रम मुखिया, शिक्षिका अस्मिता भण्डारी, भावना मगरलगायतका पूर्व शिक्षकहरुको समूहले आफूहरुले स्कुल छाडेको लामो समय भएपनि नियम अनुसार आफुहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

पूर्व शिक्षक विक्रम मुखियाले आफूहरुले स्कुल व्यवस्थापन पक्षसँग तत्काल तलव पाउनुपर्ने माग गरेको र तत्काल नसकिए पारिश्रमिक उपलब्ध गराउने समय निर्धारण गरेर लिखित कागज दिनुपर्ने माग राखे पनि अस्वीकार गरेपछि बाध्य भएर तालाबन्दी गरेको दावी गरे ।

स्कुल छाडी सकेका आधादर्जन बढी शिक्षक शिक्षिकाको पारिश्रमिक नदिईएको उनले आरोप लगाएका छन् । उनले तत्काल पारिश्रमिक उपलब्ध नगराए पिडित सम्पूर्ण शिक्षक÷शिक्षिका थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

आन्दोलनरत शिक्षक÷शिक्षिकाहरुले आफुहरुको पारिश्रमिक हिसाब समेत स्कुलले नगरिदिएको बताएका छन् । पूर्व शिक्षक हरिनारायण साहले आफ्नो ३५ हजार रुपैयाँ बढी पारिश्रमिक विद्यालयले दिन बाँकी रहेको दावी गरे ।

त्यस्तै अर्का पूर्व शिक्षक सुमन राजवंशीको ६० हजार, विक्रम मुखियाको १७ हजार, पूर्व शिक्षिका अस्मिता भण्डारीको ७ महिनाको ५० हजार, भावना मगर ५० हजार रुपैयाँ पारिश्रमिक बाँकी रहेको उनीहरुले दावी गरेका छन् ।

उनीहरुले सो स्कुल छाडेका सम्पूर्ण शिक्षक÷शिक्षिकाहरुले नियमित पारिश्रमिक नपाएकै कारणले छाडेको दावी गरे । त्यसै गरि सो स्कुलमा हाल कार्यरत शिक्षकहरुले पनि ८ महिनादेखीको पारिश्रमिक नपाएको भन्दै तालाबन्दी प्रति ऐक्यबद्धता जनाएका छन् ।

४ वर्ष अघिदेखी सो स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक होमनाथ दङ्गालले नियमित पारिश्रमिक नपाउने गरेको गुनासो पोखे । उनले स्कुल स्थापनाको पहिलो वर्षमै पनि नियमित पारिश्रमिक नपाएको भन्दै शिक्षकहरुले आन्दोलन गरेको जानकारी दिए ।

उनले आफुहरुकोसमेत असार मसान्त सम्म गरि ८ महिनाको पारिश्रमिक बाँकी रहेको दावी गरे । उनले पारिश्रमिक नपाएकै कारण आफुहरुले विभिन्न समस्या झेल्नु परेकाले पूर्व शिक्षकरुको आन्दोलनमा पूर्ण समर्थन गरेको बताए ।

शिक्षक दंगालले स्कुलमा हाल २१ जना शिक्षक कर्मचारीहरु रहेको र त्यस मध्य २ जना नन्टिचिङ स्टाफ रहेको र सबैको ८ महिनादेखीको पारिश्रमिक बाँकीरहेको बताए । उनले पूर्व शिक्षक र कार्यरत शिक्षक÷शिक्षिकाको करिब १० लाख रुपैयाँ पारिश्रमिक बाँकि रहेको दावी गरे ।

यता विद्यालयका प्रधानाध्यापक विकास गुरुङले शिक्षकहरुको पारिश्रमिक बाँकी रहेको स्वीकार गरे । उनले विद्यालयमा अध्यनरत विद्र्याीबाट उठेको शुल्कले सवै शिक्षक÷शिक्षिकालाई थोरै थोरै गरि पारिश्रमिक उपलब्ध गराएको र समता स्कुल समता फाउण्डेसनको फण्डबाट सञ्चालन हुने भएकाले फण्ड नआइपुग्दा पारिश्रमिक दिन नसकिएको स्वीकार गरे ।

प्रअ गुरुङले पारिश्रमिक यथाशिघ्र उपलब्ध गराउन आफुले केन्द्रमा कुरा गरिरहेकाले स्कुलमा तालावन्दी गरि पठनपाठननै अवरुद्ध पार्नु गलत भएको बताए । उनले पारिश्रमिक समस्या समाधानमा आफु लागि रहेको बताएका छन ।

ज्ञापन पत्र

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top