भौतिक रुपमै विश्व पर्यटन दिवस मनाइने

३१ भदौ ७८, शुक्रबार

१ असोज, काठमाडौं ।

४२औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ।

कोभिड–१९ महामारीकैबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्था लागिपरेका हुन्।

Advertisement

सोही प्रयोजनका निम्ति पर्यटन मन्त्रालय मातहतका निकाय प्रमुखबीच हालै भर्चुअल बैठक सम्पन्न भएके छ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अध्यक्षतामा भएको सो बैठकले दिवस भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ। ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

Advertisement

स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख्याका उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए। उनका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ।

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताए।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। गत वर्ष भर्चुअलरुपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्यामाझ दिवस मनाइएको थियो।

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरुपमै कार्यक्रम गर्न लागिएको हो। दिवस भव्यरुपमा मनाउन पर्यटन सचिव यादवप्रसाद कोइरालाका अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।

अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन्। हरेक वर्ष नेपालको हिमशृङ्खलामा रमाउन, हिमाल आरोहण गर्न, पदयात्रा र धार्मिक पर्यटन गर्न तथा अन्य विभिन्न सम्पदा अवलोकन गर्न लाखौँ पर्यटक नेपाल आउने गर्छन् तर कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन्।

पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। अघिल्लो सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top