चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हुन्छ : मन्त्री कार्की

१ असोज, काठमाडौं ।

Advertisement

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्।

विराटनगर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

Advertisement

मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसदको बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी ओलीसँग बिहीबारै छलफल भएको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको जानकारी दिए।

उनले मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको बताए।

Advertisement

एक प्रश्नको जवाफमा एमसिसी विकास परियोजना भएकाले यसलाई राजनीतीकरण गर्नुहुँदैन भन्दै मन्त्री कार्कीले नेपालको इतिहासमा पहिलो पटक आएको ठूलो अनुदान फर्केर जान सक्ने भएकाले त्यसबाट पर्न सक्ने असरबारे बुझ्नुपर्नेमा जोड दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top