एएफसी महिला एसियन कप : दर्शकले प्रवेश नपाउने

३१ भदौ ७८, शुक्रबार

१ असोज, काठमाडौं ।

एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन ।

टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन् ।

बिहीबार प्रि–म्याच कन्फरेन्समा सहभागी टोलीका मुख्य प्रशिक्षकहरूले सहभागिता जनाए भने खेलपछिका पत्रकार सम्मेलन पनि कोरोनाभाइरसका कारण आयोजना नगरिने आयोजकले बताएको छ ।

कोरोनाभाइरस कै कारण खेलहरू हेर्न दर्शकहरू आउन पाउने छैनन् । मिडिया सेन्टरको प्रावधान पनि हटाइएको छ।

यसैबीच, आफ्नो पहिलो खेलको एक दिन अगाडि नेपाली टोलीले पीसीआर परिक्षणका लागि स्वाबको नमुना दिएका छन् ।

उज्वेकिस्तान पुगेपछि यो नेपाली टोलीको दोश्रो पीसीआर परीक्षण हो । पहिलो परिक्षणमा सबै नतिजा नेगेटिभ आएको थियो ।

नेपालले समूह एफ मा भोलि फिलिपिन्स र ५ असोजमा हङकङको सामना गर्दै छ । समूहको विजेता भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top