मीनभवनको बार्दलीमा रामकुमारी झाँक्रीको खोजी

३१ भदौ ७८, शुक्रबार

१ असोज, काठमाडौं ।

मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए– हामी यहाँ छौं ।

भुइँमा बसेका कार्यकर्ताले नेताका अनुहार पढे । केहीले खल्लो महसुस गरे । नेताको लहरमा अभाव झल्कियो, सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको ।

पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा खोज्नु स्वाभाविक थियो । तर कार्यकर्ताको इच्छाअनुसार उनी कार्यक्रम अवधिभर कार्यालय परिसरमा देखिइनन् ।

त्यसो भए किन उपस्थित भइनन् रामकुमारी झाँक्री ?

पार्टी दर्ता भएको २४औँ दिनमा पार्टी कार्यालय उद्घाटनमा उनलाई नदेखेपछि कार्यकर्ताबीच कानेखुसी चल्यो– झाँक्री दिदी किन आइनन् ?

एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडलजस्तै भइन् । गत ९ भदौमा नेकपा (एस) दर्ताका लागि सनाखत गर्न जाँदा तत्कालीन प्रस्तावित अध्यक्ष माधवकुमार नेपालको हात तानेर निर्वाचन कार्यालयमा प्रवेश गराएकी झाँक्रीले राजनीतिक वृत्तलाई निकै तताइन् ।

उनको सो कार्यको पक्ष र विपक्षमा दुवैथरी विचार सार्वजनिक भए । एकथरीले आफ्नो विचार र सिद्धान्तमा झाँक्री अडिग रहेको भन्दै तारिफ गरे भने अर्काेथरीले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै आलोचना गरे । जे होस्, निर्वाचन कार्यालयमा माधव नेपालको हात तानेर कार्यकक्षमा प्रवेश गराउन खोज्ने झाँक्री शुक्रबार पार्टी कार्यालय उद्घाटनमै अनुपस्थित रहिन् ।

कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो– उनी काठमाडौं बाहिर रहिछन् ।

नेकपा(एस)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन् । तर, झाँक्री भने सल्यानबाट रूपन्देही पुगेकी छन् । झाँक्रीले न्युज कारखानासँग आफू पार्टी कामका लागि रूपन्देही रहेको बताइन् । ‘म पार्टी कामका लागि अहिले रूपन्देही भएका कारण पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन पाइनँ’, झाँक्रीले भनिन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top