बृहत् नागरिक आन्दोलनद्वारा ‘संविधान संशोधन मार्च’ घोषणा

३१ भदौ ७८, शुक्रबार

१ असोज, काठमाडौ ।

Advertisement

बृहत् नागरिक आन्दोलनले वर्तमान संविधान पुनर्लेखन र संशोधनमार्फत् अद्यावधिक गर्न दबाब दिन ’संविधान संशोधन मार्च’ आयोजना गर्ने भएको छ। आन्दोलनले संविधानमा सबैको आवाज नसमेटिएको भन्दै संशोधनका लागि दबाबमुलक कार्यक्रम अगाडि बढाउने भएको हो।

आन्दोलनले संविधान दिवसको अवसरमा यही असोज ३ गते  राजधानीमा  ’संविधान संशोधन मार्च’ आयोजना गर्ने जनाएको छ।

Advertisement

’हामीले गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन तिनिख्यः (टुँडिखेल) मा जारी गरेको नागरिक घोषणापत्रमाजनताका आधारभूत हक, अधिकारसहित सबै न्यायपूर्ण माग सम्बोधन गर्ने गरी पुनर्लेखन र संशोधनमार्फत् संविधान अद्यावधिक गर्नुपर्ने र राज्य व्यवस्थामा नागरिक सर्वोच्चता कायम गर्नुपर्ने ठहर गरेका थियौं।

इतिहासको विभेद अन्त्य गर्ने अभिभारा नलिइ लोकतन्त्रकै नाममासमेत पुरानै विभेदकारी सामाजिक संरचना तथा तिनलाई प्रोत्साहित गर्ने राज्य व्यवहार अद्यापि जारी रहँदा विभेदकारी पर्खालहरू ढलेका छैनन्, बरु अझ अग्लिएका छन्,’ बृहत् नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ’जात, रंग, धर्म, भाषा, भूगोल र वर्गका आधारमा हुने विभेद हटाउने नीतिहरूको अभाववशः हाम्रो लोकतान्त्रिक परिपाटी बलियो हुन सकेको छैन। नेपाललाई सधैं पछि पार्ने जात व्यवस्था, पुरूष व्यवस्था, पुँजीको बेरोकटोक हालीमुहालीबाट पुँजीविहीनहरू झन् किनार पर्दै जाने अवस्थाको उपचार खोजिएको छैन।’

Advertisement

जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत् हासिल गर्न असोज ३ गते संविधान संशोधनको आवाज बुलन्द गर्न आन्दोलनले आह्वान गरेको छ। ’जनदवावबाट मात्र जनाकांक्षाहरू सुनुवाइ गराउन सकिने हुनाले सबै संघर्षशीलहरूबीच उक्त दिन बृहत् ऐक्यबद्धता प्रदर्शित गर्दै आफ्ना असहमति र विरोध संगठित रूपमा प्रकट गरौं। हामीले जग बसाउन खोजेको सामाजिक न्यायसहितको उन्नत संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको अठोट अभिव्यक्त गरौं,’ विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनले असोज ३ गते माइतीघरबाट संविधान मार्च सुरु गरी संसद् भवनअगाडि संविधान पुनलेखन र संशोधन दबाब सभा आयोजना गर्ने जनाएको छ। बृहत् नागरिक आन्दोलनले वर्तमान संविधान पुनर्लेखन र संशोधनमार्फत् अद्यावधिक गर्न दबाब दिन ’संविधान संशोधन मार्च’ आयोजना गर्ने भएको छ। आन्दोलनले संविधानमा सबैको आवाज नसमेटिएको भन्दै संशोधनका लागि दबाबमुलक कार्यक्रम अगाडि बढाउने भएको हो।

आन्दोलनले संविधान दिवसको अवसरमा यही असोज ३ गते  राजधानीमा  ’संविधान संशोधन मार्च’ आयोजना गर्ने जनाएको छ।

’हामीले गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन तिनिख्यः (टुँडिखेल) मा जारी गरेको नागरिक घोषणापत्रमाजनताका आधारभूत हक, अधिकारसहित सबै न्यायपूर्ण माग सम्बोधन गर्ने गरी पुनर्लेखन र संशोधनमार्फत् संविधान अद्यावधिक गर्नुपर्ने र राज्य व्यवस्थामा नागरिक सर्वोच्चता कायम गर्नुपर्ने ठहर गरेका थियौं।

इतिहासको विभेद अन्त्य गर्ने अभिभारा नलिइ लोकतन्त्रकै नाममासमेत पुरानै विभेदकारी सामाजिक संरचना तथा तिनलाई प्रोत्साहित गर्ने राज्य व्यवहार अद्यापि जारी रहँदा विभेदकारी पर्खालहरू ढलेका छैनन्, बरु अझ अग्लिएका छन्,’

बृहत् नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ’जात, रंग, धर्म, भाषा, भूगोल र वर्गका आधारमा हुने विभेद हटाउने नीतिहरूको अभाववशः हाम्रो लोकतान्त्रिक परिपाटी बलियो हुन सकेको छैन। नेपाललाई सधैं पछि पार्ने जात व्यवस्था, पुरूष व्यवस्था, पुँजीको बेरोकटोक हालीमुहालीबाट पुँजीविहीनहरू झन् किनार पर्दै जाने अवस्थाको उपचार खोजिएको छैन।’

जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत् हासिल गर्न असोज ३ गते संविधान संशोधनको आवाज बुलन्द गर्न आन्दोलनले आह्वान गरेको छ। ’जनदवावबाट मात्र जनाकांक्षाहरू सुनुवाइ गराउन सकिने हुनाले सबै संघर्षशीलहरूबीच उक्त दिन बृहत् ऐक्यबद्धता प्रदर्शित गर्दै आफ्ना असहमति र विरोध संगठित रूपमा प्रकट गरौं। हामीले जग बसाउन खोजेको सामाजिक न्यायसहितको उन्नत संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको अठोट अभिव्यक्त गरौं,’ विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनले असोज ३ गते माइतीघरबाट संविधान मार्च सुरु गरी संसद् भवनअगाडि संविधान पुनलेखन र संशोधन दबाब सभा आयोजना गर्ने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top