गजल: गलत हो

२ असोज ७८, शनिबार
Share this
733shares

कसैको इज्जतमा खोट लाउनु गलत हो।
अरुको सफा मनमा चोट लाउनु गलत हो।

Advertisement

के गर्छ त्यो रक्सीको नशाले मात्र जीवन खरानी।
जानी जानी भट्टी पसलमा नोट लाउनु गलत हो।

थोरै थोरै भए पनि आम्दानी नै छ अहिले।
यसले पुगेन भनी अर्काे सोच लाउनु गलत हो।

Advertisement

जिन्दगी त आफ्नै कारण बिस्तारामा लडिसक्यो।
बाँच्ने आशै छैन, मर्ने बेला खोप लाउनु गलत हो।

चुनाव आयो अब खानेपानी अनि बिजुली बत्ती खै ।
त्यसैले उद्धेश्य विनाको नेतालाई भोट लाउनु गलत हो।

Advertisement

✍ दुर्गेस बन्जारा (लुरेकाजी), खोटाङ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top