×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

भारतले नेपालको संविधानको किन विरोध गर्छ ?

३ आश्विन २०७८

३ असोज, काठमाडौं ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै २०७२ सालमा संविधान जारी भएलगत्तै संसारका सबैजसो देशले नेपाललाई बधाई तथा शुभकामना दिए । छिमेकी देश भारतले भने गहिरो असन्तुष्टि देखायो ।

Advertisement
Advertisement

नेपालको शान्ति प्रक्रियामा नयाँ दिल्लीको साथ, सहयोग र सद्भाव रहे पनि नयाँ संविधानले सबै पक्षलाई नसमेटेको भन्दै उसले असन्तुष्टि जनाएको थियो । संविधान जारी हुँदाको समयमा नेपालको तराई मधेसमा दन्केको आगो आफ्नो भू–भागसम्म फैलन सक्ने उसको चिन्ता थियो ।

संविधान जारी भएपछि भारतको प्रतिक्रिया अनौठो थियो । संविधान जारी हुनुअघि नै प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर भारतीय विशेष दूत यस जयशंकर नेपाल आए । उनले राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानको विरोध गर्दै आएका पार्टीलगायत प्रमुख राजनीतिक दलका नेतासँग भेट गरे ।

नयाँ संविधान घोषणामा ढिलाइ गर्न र संविधानको विरोध गरेका राजनीतिक समूहसँग वार्ता गर्न उनले दबाब दिएका थिए । यसअघि काठमाडौंस्थित भारतीय दूतले प्रधानमन्त्रीलाई भेटेर संविधानबारे दिल्लीको असन्तुष्टि सुनाएका थिए ।

संविधानलाई सदनले अनुमोदन गरेपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा नै पोखेको थियो । ‘तराई मधेशलगायत देशका विभिन्न भागमा हिंसा भड्किएको र संविधानले राजनीतिक समूहका माग सम्बोधन नगरेको’ भन्दै नयाँ दिल्लीले अप्रत्यक्ष रुपमा नेपालको संविधान अस्वीकार ग¥यो । उसको मुख्य चासो भारतसँग सीमा जोडिएको मधेश आन्दोलनसँग जोडिएको थियो ।

मधेश र अल्पसंख्यक थारु समुदायले प्रस्तावित नयाँ प्रदेशको वर्गीकरणले आफूहरूलाई सीमान्तकृत बनाउने उनीहरूको चिन्ता थियो । नेपालको कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या यी समूहले प्रतिनिधित्व गर्छन् ।

भारतीय चासो स्वभाविक भएको नेपाल मामिलाबारे भारतीय विज्ञ एसडी मुनीको भनाइ थियो । ‘भारतीय चासो स्वभाविक थियो । तराई मधेशमा जे हुन्छ , त्यो भारतसम्म फैलिन्छ,’ उनले भनेका थिए ।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको र ऐतिहासिक संविधानको विरोध गर्नु पनि त्यसकै उपज भएको प्रायः नेपालीको धारणा छ ।

भारतले नेपालको संविधानको किन विरोध गर्छ ?

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार भारत जहिले पनि ‘नेपालको ठुल्दाइ’ बन्न चाहन्छ । ‘भारत जहिले पनि ठूल्दाई बन्न खोज्छ, जसलाई नेपाली जनता मन पराउँदैनन्’, पत्रिकाले टिप्पणी गरेको थियो ।

भारतले विरोध गरे पनि चीनले नेपालको संविधानको स्वागत गरेको थियो । ‘संविधानसभाबाट नयाँ संविधान पारित भएकोमा मित्रराष्ट्रको रूपमा चीन खुसी छ,’ बेइजिङले टिप्पणी गरेको थियो ।

पछिल्लो समयमा नेपालमा आर्थिक सहयोगका क्षेत्रमा उदारता प्रदर्शन गर्दै बेइजिङले आफ्नो आवद्धतालाई तीव्र पारेको छ । तर, नेपाली समुदायसँग चीनको बढ्दो घुलमिलले नयाँ दिल्ली दिक्क छ ।

Advertisement

नयाँ संविधान पारितसँगै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि विभिन्न टिकाटिप्पणी गरे । न्युयोर्कमा रहेको एसोसियटेड प्रेसले ‘के नेपालको नयाँ संविधानले देशलाई एकजुट बनाउन सक्ला’ भनेर प्रश्न गरेको थियो । संविधान जारीको पूर्वसन्ध्यामा मधेशलगायतका क्षेत्रमा हिंसा भड्किएको विषयलाई उसले मुख्य प्राथमिकता दिएको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top