नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

२ असोज ७८, आइतबार

३ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुने उनले बताए । आउँदो १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा एमालेको विधान महाधिवेशन हुँदैछ ।

Advertisement

यस्तै, बैठकमा पार्टीको आन्तरिक विषय र १० बुँदे सहमतिअनुसार नेताहरुको कार्यविभाजनको विषयमा पनि छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top