६० दिनपछि जमानतमा रिहा भए राज कुन्द्रा

४ असोज ७८, मंगलबार

५ असोज, एजेन्सी ।

पोर्नोग्राफी मामलामा जेलमा रहेका बलिउड अभिनेत्री शिल्पा शेठ्ठीकी पति राज कुन्द्रा ६० दिनपछि जमानतमा रिहा भएका छन् । मुम्बई कोर्टले राजको जमानत निवेदनमाथि फैसला गर्दै उनलाई जमानत दिने आदेश दिएको हो ।

पोर्नोग्राफी मामलामा व्यापारी राजलाई ५० हजार धरौटीमा जमानत दिएको हो । राजमाथि अश्लील फिल्म बनाएको र त्यसलाई ओटीटी प्लेटफर्ममा रिलिज गरेको आरोप छ ।

राजले सेप्टेम्बर १८ मा अदालतमा जमानतको लागि निवेदन दिएका थिए । उनले आफ्नो वकिल प्रशान्त पाटिलमार्फत जमानतको निवेदन दिएका थिए । जसमाथि सोमबार सुनुवाई गरिएको थियो ।

पोर्नोग्राफीमा मामलामा मुम्बई क्राइम ब्राञ्चका अधिकारीले १५ सय पृष्ठको चार्ज सिट तयार पारेको थियो । जसमा ४३ जना साक्षीको बयान राखिएको थियो ।

राजलाई जुलाई १९ मा पक्राउ गरिएको थियो । उनीविरुद्ध भारतीय खण्ड संहिता र सूचना प्रौद्योगिकी अधिनियमको विभिन्न धारा अनुसार मामला दर्ता गरिएको थियो ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top