अमेरिका जान हिँडेका ८५ नेपाली जर्मनीको विमानस्थलमा अलपत्र

४ असोज ७८, मंगलबार

५ असोज, काठमाडौं ।

अमेरिका जान नेपालबाट हिँडेका ८५ नेपाली जर्मनीको फ्र्याङफर्ट विमानस्थलमा अलपत्र परेका छन्।

नेपालबाट दुबई– मस्को– जर्मनी हुँदै मेक्सिकोको बाटोबाट अमेरिका जान हिँडेका उनीहरु आफूसँग भएका कागजात नक्कली भएका कारण जर्मनीमै रोकिएका हुन्।

फ्र्याङफर्ट विमानस्थलको सुरक्षामा कार्यरत एक नेपालीकाअनुसार ८५ जनामध्ये ३५ जनालाई जर्मनीबाट जान दिइएको छैन भने बाँकी मेक्सिकोबाट फर्किएका हुन्। तीमध्ये अनुसन्धानका लागि १८ जनालाई प्रहरीले लगेको उनी बताउँछन्।

‘मैले अघिल्लो हप्ता अनुवादक भएर कुरा गर्दा ८५ जना थिए, ‘तीमध्ये ३५ जना जर्मनीमै रोकिएका हुन्, बाँकी मेक्सिकोबाट फर्किएका हुन्। उनीहरु जर्मनीबाट मेक्सिको हुँदै अमेरिका जानलाई हिँडेका रहेछन्।’

विमानस्थलमा ‍अलपत्र परेकाहरुमध्ये धेरै रोल्पा, रुकुम, दाङ, म्याग्दीसहित पश्चिम नेपालका रहेको उनी बताउँछन्। तीमध्ये ३ जना महिला रहेको उनले बताए। हाल उनीहरु विमानस्थलको ट्रान्जिटमा रहेको उनले बताए।

‘मेक्सिकोबाट अमेरिका जानका लागि नेपालमा दलाललाई ४० लाख दिएर आएकाहरु छन्,’ उनी भन्छन्, ‘यहाँ प्रहरीले केहीलाई अनुसन्धानका लागि सोधपुछ गरेको छ भने केही ट्रान्जिटमा छन्।’

विमानस्थलमा अलपत्र परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा रहेको छ। उनीहरुलाई नेपालबाट दुबई हुँदै पाकिस्तानी दलालले त्यहाँसम्म पु¥याएको प्रारम्भिक कुराकानीमा खुलेको उनले बताए।

विमानस्थलमा अलपत्र परेकाहरुबारे जर्मनीस्थित दूतावासलाई जानकारी भएपनि आधिकारिक निवेदन नआउँदासम्म केही गर्न नसकिने दूतावासले जनाएको छ।

जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार विमानस्थलमा अलपत्र परेकाहरुबारे दूतावासलाई समाचारमार्फत् थाहा भएको तर, आधिकारिक निवेदन नआउँदा कहाँबाट कति जना आएका छन्, त्यहाँ कसरी पुगे भन्ने बारेमा जानकारी हुन सकेको छैन।

उनले भने, ‘नामावली, ठेगानासहित हामीले निवेदन दिनलाई भनेका छौं। आधिकारिक निवेदन आएपछि मात्रै हामीले प्रक्रिया अघि चाल्न सक्छौं।’ अलपत्र परेका नेपालीहरुलाई एयलाइन्सले नै समन्वय गरेर नेपाल फर्काउनुपर्ने उनले बताए।

यता मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख, एसएसपी दुर्गा सिहंका अनुसार आधिकारिक रुपमा अलपत्र परेकाहरु बारे कुनै उजुरी आएको छैन। आफूले पनि सञ्चारमाध्यममार्फत् जानकारी पाएकाले त्यसबारे थप बुझ्न हेडक्वार्टरलाई जानकारी दिएको र उजुरी आएमा प्रक्रिया अघि बढ्ने उनले बताइन्। ‘हामीले यसबारे बुझ्न सम्बन्धित निकायलाई भनेका छौं। समाचारबाटै थाहा भएको हो। दूतावासमार्फत् समन्वय गर्न भनेका छौं’ उनले भनिन्।

हालसम्म कुनै पनि आधिकारिक उजुरी नआएको सिंहले बताइन्।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top