×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नाइजेरियामा बाढीको प्रकोप, ४९ जनाको मृत्यु, २० बेपत्ता

२ श्रावण २०७५

नाइजेरिया, साउन २

बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

Advertisement
Advertisement

जिविआ जिल्लाको पाँच गाउँ बाढी पहिरोबाट बढी प्रभावित भएको समाचारमा जनाइएको छ । आइतबार रातभरी आएको अत्यधिक वर्षापछि स्थानीय नदीहरूमा पानीको मात्रा बढेर बाढी आएको काटसीना राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख अमिनु वाजिरिले एएफपीलाई जानकारी दिए ।

“हामीलाई अहिलेसम्म ती पाँच गाउँबाट ४९ जनाको शव भेटिएको विवरण प्राप्त भएको छ,” उनले भने। आपतकालीन सेवा प्रमुख वाजिरिले हराइरहेका अरू २० जनाको पनि खोजी भइरहेको जानकारी दिए ।

बेपत्ता भएका मध्ये केहीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । कतिपय बाढीपहिरो पीडितहरूलाई जटिल अवस्थाबाट उद्धार गरिएको वाजिरिले बताए ।

Advertisement

बाढी पहिरोमा परी दुई हजारभन्दा बढी स्थानीयबासिन्दा विस्थापित भएका छन् भने २७ जना घाइते भएका छन् । विस्थापितहरूलाई जिविआको स्थानीय विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा उपचार गराइएको छ ।
रासस/एएफपी

Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top