जलेश्वरका पाँच वडाध्यक्षले रिले अनशन तोडे

२ साउन ७५, बिहीबार

गौशाला, साउन ३

नगरपालिकाका पाँच जना वडाध्यक्षले विगत १९ दिनदेखिको रिले अनशन तोडेका छन् ।

विभिन्न ११ बुँदे माग राख्दै असार १७ गतेदेखि नगरपालिकाविरुद्ध रिले अनशन बसेका वडाध्यक्षहरुलाई प्रमुख जिल्ला अधिकारी उमेश ढकालसहित नेकपाका नेताहरु रामआधार कापर, रामदयाल मण्डल लगायतले बुधबार साँझ जुस खुवाएर अनशन तोडाए।

Advertisement

जलेश्वर नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारमा नगरप्रमुख रामशंकर मिश्र, इन्जिनियर माधवेन्द्र चौधरीप्रति लक्षित हुँदै जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का वडाध्यक्ष विकाउ दासले नगरपालिका कार्यालय परिसरमै अनशन बस्दै आएकामा बुधबार दुवै पक्षबीच सहमति भएपछि अनशन तोडिएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जलेश्वर नगरपालिकामा सरुवा भएर पनि कार्यरत रहेका इन्जिनियर माधवेन्द्र चौधरीलाई तुरुन्त सरुवा गरिएको ठाउँमा पठाउने, सव ओभरसियर मनोज साहलाई नगरपालिकामा हाजिर गराउने र बाँकी रहेका मागहरुको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले गम्भीरतापूर्वक सम्बन्धित निकायबाट सम्बोधन गर्न गराउन पहल गर्ने सहमति भएपछि वडाध्यक्षहरुले अनशन तोडेका छन् ।

रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top