NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

सयौं कर्मचारी फाजिलमा

बिहिबार अशोज १४ , २०७८
Reading Time: 1 min read
A A
बर्खास्त भइने डरले धमाधम समायोजनमा जाँदै कर्मचारी, १५ हजारले भरे फारम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: रोल्पास्थित पहाडी साना किसानका लागि अनुकूलन आयोजनामा कार्यरत विनोद ज्ञवाली सहायक भूसंरक्षण अधिकृत हुन् । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर उनी जागिरमा प्रवेश गरेको २४ वर्ष बितेको छ । डेढ वर्षयता भने उनी दरबन्दी बिना जागिर खाइरहेका छन् । आयोजनाको समय आगामी असारमा पूरा भएपछि कहाँ जाने यकिन छैन ।

सहायक भू–संरक्षण अधिकृत सृष्टि पुडासैनी राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमअन्तर्गत कैलालीमा कार्यरत छिन् । २०७५ सालमा स्थायी भएकी पुडासैनी पनि दरबन्दीविहीन छिन् । उनलाई अस्थायी कार्यालयमा कामकाजका लागि खटाइएको छ । पहिरो तथा जलाधार व्यवस्थापन महाशाखाअन्तर्गत ज्ञवाली र पुडासैनी जस्तै दरबन्दी बिना कार्यरत अधिकृत अरू १० जना छन् ।

वन विभागअन्तर्गत ४ सय २३ जना वन रक्षक (खरिदार सरह) ले डेढ वर्षदेखि बिनादरबन्दी तलब लिइरहेका छन् । ‘मान्छे स्थायी, दरबन्दी अस्थायी !’ भूसंरक्षण सहायक अधिकृत ज्ञवालीले भने, ‘लोक सेवा लडेर स्थायी भएका हामीलाई यता न उता पारियो ।’ जहाँ–जहाँ पठाइन्छ, त्यहीं गएर काम गर्नु परिरहेको उनले बताए । स्वास्थ्य मन्त्रालयअन्तर्गत अनमी, ल्याब टेक्निसियनलगायतका चार सयभन्दा बढी कर्मचारी बिना दरबन्दी (फाजिल) मा रहेको अनुमान छ । उनीहरूको यकिन संख्या मन्त्रालयलाई नै पत्तो छैन । प्रशासन सेवातर्फका टाइपिस्टमा जागिर प्रवेश गरेकामध्ये सय जनाभन्दा बढी कर्मचारी दरबन्दीबिना जागिर खाइरहेका छन् । खटाएको स्थानमा नगएपछि उनीहरूले बिना दरबन्दी तलब बुझिरहेका हुन् ।

Advertisement

समायोजनका क्रममा त्रुटि र लापरबाहीका कर्मचारी दरबन्दीविहीन बन्न पुगेका हुन् । कर्मचारीको खटनपटन र समायोजनको नेतृत्व गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेत फाजिल कर्मचारीको विषयमा अनभिज्ञ छ । मन्त्रालयका प्रवक्त वसन्त अधिकारीले फाजिलमा कति कर्मचारी छन् भन्ने यकिन जानकारी नभएको बताउँछन् ।

यसबारे सम्बन्धित मन्त्रालयलाई मात्र जानकारी हुन सक्ने भनाइ उनको छ । ‘बिना दरबन्दी राज्यको तलब खाएर राख्नुपर्ने अवस्था आउनु विडम्बना हो,’ एक सचिवले भने, ‘समायोजनाका बेला गरिएको लापरबाहीका कारण यस्तो अवस्था आएको हो ।’ उनका अनुसार समायोजन छिटो पूरा भएको देखाउन यस्ता विषयलाई बेवास्ता गरिएको छ ।

संघीय मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा ९९ हजार कर्मचारी समायोजन गरेको थियो । समायोजनमा त्रुटि भएकाले प्रदेश र स्थानीय तहमा पठाइएका झण्डै दुई सय अधिकृतलाई अदालतले संघको दरबन्दीमा पदस्थापन गर्न आदेश दिइसकेको छ । उनीहरूलाई व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा मन्त्रालय अहिले पनि अन्योलमा छ । समायोजनमा देखिएको त्रुटिका कारण लोक सेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया नै स्थगन गरेको छ ।

स्वास्थ्य सेवाअन्तर्गत सबैभन्दा धेरै फाजिल अनमी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । कतिपय अनमी र ल्याब टेक्निसियन समायोजन गरेको स्थानमा जान नमानेका कारण फाजिलमा छन् । कर्मचारीको ठूलो संख्या फाजिलमा भए पनि तिनीहरूको व्यवस्थापन हुन सकेको छैन । स्वास्थ्य विभागका सूचना अधिकारी महेश पाण्डेले फाजिल दरबन्दीका विषयमा मन्त्रालयलाई मात्र जानकारी हुने बताए । ‘हामीले समायोजनसम्बन्धी काम नगरेकाले जानकारी भएन,’ उनले भने । अनमीको खटनपटन भने विभागले गर्छ ।

समायोजन विवाद टुंगिन नसकेपछि तत्कालीन सहसचिव महेन्द्र श्रेष्ठको संयोजनमा समिति गठन गरिएको थियो । श्रेष्ठ अवकाश भइसकेका छन् । उनको संयोजनमा बनेको समितिले दिएको प्रतिवेदनमा के थियो भन्नेबारेमा कर्मचारीहरू अनभिज्ञता प्रकट गर्छन् । उक्त समितिले दिएको प्रतिवेदनबाट पनि समस्या समाधान हुन नसकेपछि अर्को समितिले काम गरेको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जानकारी दिए । ‘कति जना फाजिलमा छन्, यकिन भन्न सकिँदैन । अहिले पनि समायोजन मिलाउने काम भइरहको छ जस्तो लाग्छ,’ उनले भने ।

मन्त्रालय स्रोतका अनुसार सुरुको समायोजनमा हेरफेर गरेर कर्मचारी खटनपटन गरेपछि विवाद भएको थियो । डेढ वर्षअघिको समायोजन संघीय मामिला मन्त्रालयले गरे पनि स्वास्थ्यले तयार गरेको विवरणलाई मान्यता दिइएको थियो । समायोजन भद्रगोल भएपछि मन्त्रालयले फेरि व्यवस्थापन गरे पनि फाजिलको समस्या उस्तै रहेको अधिकारीहरू बताउँछन् । हाजिर हुन नजाने, कतै हाजिर नगराउने, कतै हाजिर भएर फर्कने समस्या जताततै रहेको सहप्रवक्ता अधिकारीले बताए । ‘आफ्ना कर्मचारी कुन अवस्थामा छन्, पत्तो नहुने अवस्था आउनु दुर्भाग्य हो,’ मन्त्रालयको प्रशासन शाखाका एक अधिकारीले भने ।’

कर्मचारी संघको, कमान्ड प्रदेशको

समायोजनका बेला संघमा पदस्थापन गरेर फाजिलमा राखिएका वनका कर्मचारीको प्रदेशमा कमान्ड गर्ने निकाय नै छैन । प्रदेशमा काम गरिरहेकालाई समायोजन गर्दा ७ सयभन्दा बढी सशस्त्र वन रक्षकको पद संघमा राखिएको छ ।

वनको सुरक्षाका लागि पदपूर्ति गरिएका उनीहरू अहिले प्रदेशअन्तर्गतको डिभिजनल वन अधिकृत (डीएफओ) को मातहतमा छन् । कानुनतः उनीहरूको सरुवा र खटनपटन वन विभागले मात्र गर्न सक्छ । उनीहरूलाई बन्दुक दिइएको छ । वनको सुरक्षाका लागि गोली चलाउन सक्छन् । तर सशस्त्र वन रक्षकलाई गोली चलाउने आदेश प्रदेशअन्तर्गत रहेका डीएफओले दिन सक्दैनन् ।

संविधानमा हातहतियार चलाउने र फौजदारी अभियोगमा मुद्दा चलाउने अधिकार संघीय सरकारलाई दिइएको छ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का समायोजनका बेला मिलाउन नसकेकाले यो विषय समस्याका रूपमा रहेको स्विकार्छन् ।

सशस्त्र वन रक्षकलाई संघअन्तर्गत राखेर प्रदेशअन्तर्गतको अधिकारीले कमान्ड गर्ने विषय अप्ठ्यारो भएको उनले बताए । वन रक्षकहरूको विषय मिलाउन आफूले प्रयास गरिरहेको दाबी उनले गरे । प्रदेशले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरेका छैनन् । प्रदेशले नयाँ कर्मचारी भर्ना गरिरहेको छ । प्रदेशले संघले पठाएका कर्मचारी नराख्ने भएकाले भूसंरक्षण अधिकृतहरू, सशस्त्र वन रक्षक र वन रक्षक यता न उता भएको अधिकारीहरू बताउँछन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.