×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

कुखुरा र अण्डामा आत्मनिर्भर बन्यो दाङ

१४ आश्विन २०७८

१४ असोज, दाङ ।

दाङमा पोल्ट्री व्यवसायमा कृषकहरूले तीन अर्ब रुपैयाँभन्दा बढीको लगानी गरेका छन् ।

Advertisement
Advertisement

पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै पछिल्लो समय कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७०० भन्दा बढी फर्म तथा उद्योगहरू रहेका छन् ।

जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४०० फर्म, करिब १०० दाना सप्लायर्स र अण्डाका लागि करिब १५० वटा लेयर्स फर्महरू रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

यिनमा तीन अर्ब रुपैयााभन्दा बढी लगानी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा. वेदबहादुर केसीले जानकारी दिए । जिल्लामा पोल्ट्री व्यवसायमा दाङ उपत्यकाभन्दा देउखुरी उपत्यकामा बढी लगानी रहेको छ ।

Advertisement

दाङका विभिन्न स्थानसँगै पहाडी जिल्लाहरूमा समेत कुखुरा, चल्ला, अण्डा पठाउन सकिने भएकाले धेरै व्यवसायीहरूले पोल्ट्री व्यवसायमा लगानी गरेको कार्यालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top