×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जोखिम क्षेत्रबाट ५२ घर भूकम्पपीडितलाई स्थानान्तरण गरिँदै

६ श्रावण २०७५

चितवन । भूकम्पपछि जोखिम क्षेत्र पहिचान भएका ५२ घर भूकम्पपीडितको स्थानान्तरण गरिँदै छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका अनुसार जिल्लाको विभिन्न क्षेत्रमा ती भूकम्प पीडितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागिएको हो ।

Advertisement

जोखिम क्षेत्रमा रहेका कुल १०२ घरमध्ये अहिले ५२ घरको स्थानान्तरणको काम तीव्र पारिएको कार्यालयका प्रमुख पुष्कर पोखरेलले जानकारी दिए । ‘कतिपय घर पूरा भएका छन् भने कतिपयको काम धमाधम चलिरहेको छ’ पोखरेलले भने ।

चितवनको राप्ती नगरपालिका–१२ वकराङका तीन घरलाई बिम्पुक भन्ने स्थानमा र वडा नं १३ को एसिखाईका १३ घरलाई कालिटारमा स्थानान्तरण गर्न घर निर्माण तीव्र बनाइएको छ ।

यस्तै इच्छाकामना गाउँपालिका–४ तीनघरेका पाँच परिवारका लागि लेवाटारमा घर निर्माण अन्तिम चरणमा पुगेकाले घर सर्ने तरखरमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सुजन नेपालले जानकारी दिए ।

इच्छाकामना–२ हेप्चेकका १० घरलाई त्यहीको दुम्कीमा स्थानान्तरण गर्न लागिएको छ । यस्तै इच्छाकामना–३ धुषाका २० घरलाई यहाँको कुरिनटारमा र कालिका नगरपालिका–१ मैतेसको एक घरलाई सोही स्थानको सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको छ । अझै ५० घरको विषयमा भने छलफल चलिरहेको छ ।

इच्छाकामना–२ कुँयलघारीका ३६ घरमध्ये १८ घर आफैं सिमलघारीमा सरेका र १८ घरको विषयमा छलफल चलिरहेको जनाइएको छ ।

यस्तै इच्छाकामना गाउँपालिका–३ धुसाका ११ घर, हेप्चेकका तीन घर, राप्ती नगरपालिका–१२ को एक घरको विषयमा समेत छलफल चलिरहेको छ । यसमा कतिपय सर्न नमानेका र कतिपय अन्यत्र गएकाले समस्या परेको इन्जिनियर नेपालले बताए ।

रासस

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top