×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

पर्यटकका लागि शुक्लाफाँटा खुला

१५ आश्विन २०७८

१५ असोज, कञ्चनपुर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ।

Advertisement
Advertisement

पर्यटकीय गतिविधिका लागि निकुञ्‍ज खुला गरिएको हो। विश्वव्यापी सङ्‍क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्‍जमा खुला गरिएको हो।

हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्‍जमा नियमानुसार अनुमति लिइ प्रवेश खुला गरिएको निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए।

जङ्‍गल सफारी, जङ्‍गल वाक, ¥याफ्टिङ तथा डुङ्‍गा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि खुला गरिएको उनले जानकारी दिए।

’निकुञ्‍ज प्रवेश गर्नेले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गर्नुपर्नेछ,’ उनले भने, ’अनिवार्यरूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र जङ्‍गल सफारी तथा जङ्‍गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्नेछ।’

उनका अनुसार जङ्‍गल वाकको हकमा एउटा गाइडले तीन र दुई गाइडले १० पर्यटकलाई गाइड गर्न पाउनेछन्। तोकिएको रुटमा मात्रै जङ्‍गल ड्राइभ, जङ्‍गल वाक, क्याम्पिङ तथा फिसिङ गर्न पाइनेछ।

कोरोना महामारीका कारण बन्द रहेको निकुञ्‍जमा पर्यटकीय गतिविधि खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

निकुञ्‍ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्‍जको प्रमुख विशेषताका रूपमा ५४ दशमलव पाँच वर्गकिलोमिटरमा फैलिएको घाँसेमैदान र त्यसमा विचरन भइरहने बाह्रसिङ्‍गेको ठूलो बथान हो।

सबैभन्दा बढी पर्यटकले बाह्रसिङ्‍गेको बथान हेर्ने गर्दछन्। बाघको सङ्ख्यालाई र बाघ पाइने क्षेत्रलाई हेर्ने हो भने सानो क्षेत्रमा बाघको घनत्व बढी भएको क्षेत्रका रूपमा सो निकुञ्‍ज रहेको छ।

निकुञ्‍जमा ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चरा पाइने गर्दछन्।

हात्ती र गैँडासमेत निकुञ्‍जमा रहेका छन्। निकुञ्‍जमा पुग्ने पर्यटकको आकर्षणका रूपमा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, कृष्णसार संरक्षण गरिएको हिरापुर क्षेत्र, झोलुङ्‍गे पुल र कालिकिच ताल रहेका छन्।

सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिने

जिल्ला प्रहरी कार्यालयले दसैं–तिहारका लागि सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सीमानाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको बताए।

पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिण पूर्वी नाका गौरीफन्टामा कुकुरसहित प्रहरी परिचालन गर्न लागिएको हो। जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी युनिट दसैं–तिहार सुरक्षाका लागि सक्रियरूपमा परिचालन गर्ने तयारमा प्रहरी कार्यालय लागेको छ। त्यसका लागि मातहतका सबै प्रहरी युनिटसँग छलफल अघि बढाइएको प्रवक्ता न्यौपानेले बताए।

Advertisement
Advertisement

प्रहरीले दसैं–तिहारमा सीमानाकासहित पूर्व–पश्चिम राजमार्ग, बढी भीडभाड हुने ठाउँ, आपराधिक गतिविधि बढी हुने क्षेत्र, सार्वजनिक यातायातलगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाउँदै आएको छ। यस वर्ष पनि प्रहरी शान्ति सुरक्षाका लागि योजनाबद्धरूपमा अघि बढ्न लागेको ह

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top